चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ « Khabarhub

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

स्थानीय होटलमा दुई पक्षबीच भएको विवादका क्रममा चक्कु प्रहारबाट जीतपुरसिमरा उपमहानगरपालिका-२ का ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।

उनका अनुसार चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्काको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइते खड्कालाई स्थानीयको सहयोगमा उपचारका लागि जितपुरसिमरा नगर अस्पताल पुर्याइएका उनलाई प्राथमिक उपचार गरी थप उपचारका लागि बयोधा अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए।

उनका अनुसार घटनापछि तनावग्रस्त बनेको स्थितिलाई नियन्त्रणमा लिँदै घटनामा संलग्न रहेको आरोपमा जितपुरसिमरा उपमहानगरपालिका-२ का २२ वर्षीय आयुष राईसहित ३ जनालाई नियन्त्रणमा लिइएको छ ।

शव अस्पतालमै रहेको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको उनले बताए । घटनापछि सिमराका स्थानीय बासिन्दामा त्रास फैलिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ६ : ३७ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्