२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित « Khabarhub

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन (प्रिमियर लिग) मा जित हात पार्न कोभेन्ट्री सिटीले २४ वर्षभन्दा बढी समय पर्खनुपर्‍यो।

९ हजार २ सय ८७ दिनको लामो पर्खाइ, रेलिगेसनको सास्ती र आर्थिक सङ्कटका अनेकौँ उकाली-ओराली पार गर्दै कोभेन्ट्रीले शनिबार नोटिङघम फरेस्टलाई १-० ले पराजित गरी प्रिमियर लिगमा ऐतिहासिक पुनरागमन दर्ता गरेको छ।

सिटी ग्राउन्डमा भएको प्रतिस्पर्धात्मक खेलमा जय डासिल्भाले गरेको निर्णायक गोल नै कोभेन्ट्रीका लागि ऐतिहासिक जित दिलाउन पर्याप्त बन्यो। यसअघि अप्रिल २००१ मा हाइफिल्ड रोडमा सन्डरल्यान्डलाई १-० ले हराएयता कोभेन्ट्रीले प्रिमियर लिगमा जित निकाल्न सकेको थिएन। यो नतिजासँगै प्रिमियर लिगको इतिहासमा कोभेन्ट्रीले आफ्नो १००औँ जित पूरा गरेको छ।

सन् २०००-०१ को सिजनमा रेलिगेसनमा परेको कोभेन्ट्रीले त्यसपछिका ११ सिजन दोस्रो डिभिजनमा बिताएको थियो भने सन् २०१२ मा टोली तेस्रो डिभिजन (लिग वान) मा ओर्लिएको थियो। अङ्क कटौती, प्रशासनिक सङ्कट, रङ्गशाला भाडाको विवादका कारण घर छाडेर नोर्थाम्प्टन टाउनमा खेल्नुपर्ने बाध्यता हुँदै सन् २०१७ मा टोली ५९ वर्षपछिकै तल्लो (चौथो) डिभिजनसम्म पुगेको थियो।

घरेलु मैदानमा ब्राइटनसँग ५-० को लज्जास्पद हार व्यहोरेको टोलीले उत्कृष्ट पुनरागमन गरेपछि प्रबन्धक फ्र्याङ्क लाम्पार्डले खेलाडीको अनुशासन र टिम भावनाको प्रशंसा गरे।

लाम्पार्डले रेलिगेसन जोगाउने मुख्य लक्ष्य रहेको सिजनमा यो जित टोलीको आत्मविश्वास बढाउन महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुने बताए।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ८ : १६ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै