बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार « Khabarhub

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको छ । ‘एमबीबीएस, एमएस’ (जनरल सर्जरी) चिकित्सक डा. अडिना बाटाजूबाट विशेषज्ञ जनरल सर्जरी सेवा उपलब्ध गराउन थालिएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार अस्पतालमा सेवा विस्तारसँगै विभिन्न रोगको शल्यक्रिया व्यवस्था मिलाइएको हो ।

गाँठागुँठी, लिपोमा तथा सिस्टको शल्यक्रिया, हर्निया तथा हाइड्रोसिल, एपेन्डिसाइटिस तथा एपेन्डिक्सको शल्यक्रिया, पायल्स, फिसर तथा फिस्टुलालगायत रोगको उपचार तथा शल्यक्रिया गरिने भएको छ ।

घाउ तथा चोटपटकको उपचार तथा शल्यक्रिया, छाला तथा नरम तन्तुसम्बन्धी शल्यक्रिया र आकस्मिक तथा आवश्यक अन्य जनरल सर्जरी सेवा पनि उपलब्ध हुने अस्पतालले जनाएको छ ।

डा. बास्तोलाले अस्पतालमा उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गर्दै विशेषज्ञ सेवा विस्तारलाई प्राथमिकता दिइएको बताए ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ९ : ३२ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा