पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन « Khabarhub

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा सर्वसम्मत रूपमा नेतृत्व तथा प्रतिनिधि चयन गरिएको छ ।

जिल्ला सभापति रूपनारायण जवेगुका अनुसार शनिबार ४१ र आइतबार १९ वटा वडामा सर्वसम्मत रूपमा निर्वाचन प्रक्रिया सम्पन्न भएको हो ।

कांग्रेस जिल्ला नेता दीपक नेपालका अनुसार जिल्लाका कुनै पनि वडामा पक्ष–विपक्षबीच विवाद वा प्रतिस्पर्धाको अवस्था देखिएन। सबै पक्षबीच सहमति जुटाएर सर्वसम्मत रूपमा वडा अधिवेशन सम्पन्न गरिएको उनले बताए ।

पाँचथरमा एउटा नगरपालिका र सातवटा गाउँपालिका छन्। ती स्थानीय तहअन्तर्गत ६० वटा वडा रहेका छन् । सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएसँगै जिल्लाको वडा अधिवेशन प्रक्रिया पूरा भएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ९ : ४३ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा