चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो « Khabarhub

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो


३ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा तीन हजार ३६२ जनाको नाम मतदाता सूचीबाट हटाएको छ।

कार्यालयका अनुसार दोहोरो दर्ता भएका, मृत्यु भएका र नागरिकता परित्याग गरेका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको हो।

कार्यालय प्रमुख भीमसेन कार्कीका अनुसार दोहोरो दर्ता भएका एक हजार ९४३, मृत्यु भएका एक हजार ३८० र नागरिकता परित्याग गरेका ३९ जनाको नाम सूचीबाट हटाइएको छ।

निर्वाचन आयोगको प्रणालीबाट जाँच गर्दा दोहोरो दर्ता भएको पुष्टि भएका व्यक्तिको नाम हटाइएको उनले बताए। त्यस्तै, भदौ १२ गतेसम्म सम्बन्धित वडा कार्यालय तथा मृतकका परिवारले दर्ता गराएको मृत्यु प्रमाणपत्रका आधारमा मृत्यु भएका व्यक्तिको नाम हटाइएको हो।

नागरिकता परित्याग गरेका व्यक्तिको नाम भने जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा हटाइएको कार्कीले जानकारी दिए

गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका बेला चितवनमा चार लाख ४२ हजार ८२ मतदाता थिए। फागुन २१ गतेको निर्वाचनपछि जिल्लामा १३ हजार १३४ जना मतदाता थपिएका छन्।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  १० : ५६ बजे

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी– धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा– हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका