हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि « Khabarhub

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि


३ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका र राँगाको बलि दिइएको छ।

नेपाली सेनाका सैनिकहरूले देवीदेवताप्रति अर्पणस्वरूप बोका र राँगाको बलि दिएका हुन्। दसैँका अवसरमा हनुमानढोका दरबारको मूलचोकमा महाअष्टमी, महानवमी र चतुर्दशीका दिन बलि दिने परम्परा रहेको छ।

परम्पराअनुसार दसैँका अवसरमा मूलचोकमा तीन दिनसम्म दैनिक ५४ वटा बोका र ५४ वटा राँगाको बलि चढाइन्छ।

दसैँ असत्यमाथि सत्य र खराबीमाथि असलको विजयको प्रतीकका रूपमा मनाइने नेपालको प्रमुख हिन्दु पर्व हो। महानवमीका दिन देशभरका देवी मन्दिरमा विशेष पूजा, आराधना तथा बलि दिने चलन छ।

यस दिन कतिपय मन्दिरमा भैँसी, बोका, हाँस र कुखुराको बलि दिइन्छ भने केही भक्तजनले फलफूल तथा तरकारी अर्पण गरेर प्रतीकात्मक रूपमा पूजा गर्ने गर्छन्।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  ११ : ०३ बजे

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प, युक्रेन युद्धबारे छलफलको सङ्केत

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी