केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी « Khabarhub

केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


३ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएपछि स्थानीयको दैनिकी सहज बनेको छ। लामो समयदेखि विद्युत् सेवाको प्रतीक्षामा रहेका स्थानीयका घरघरमा बिजुली पुगेपछि शिक्षा, सञ्चार र घरायसी कामकाजमा सहजता आएको हो।

विद्युत् विस्तारसँगै स्थानीयवासी इन्टरनेट, टेलिभिजनलगायतका सुविधामा जोडिन थालेका छन्। भौगोलिक रूपमा ठूलो क्षेत्रफलमा फैलिएको वडाका विभिन्न बस्तीमा बिजुली पुगेपछि यसअघि सूचना तथा सञ्चारको पहुँचबाट टाढा रहेका नागरिकलाई सहज भएको छ।

स्थानीयवासी बलबहादुर राईका अनुसार विद्युत् सेवाले बालबालिकाको पढाइदेखि घरायसी कामकाज र साना उद्योग सञ्चालनसम्म सहज बनाएको छ। यसअघि बिजुली नहुँदा बालबालिकाको अध्ययन तथा स्थानीय उत्पादनको कुटानीपिसानीमा समस्या हुने गरेको थियो।

वडाध्यक्ष सूर्यप्रसाद नेपालले विद्युत् विस्तारलाई प्राथमिकतामा राखेर काम गर्दा सीमित बजेटबाट पनि परिणाममुखी काम गर्न सफल भएको बताए। भौगोलिक रूपमा ठूलो क्षेत्र भएकाले सबै बस्तीमा विद्युत् पुर्‍याउन चुनौती रहे पनि आवश्यकताका आधारमा काम अघि बढाइएको उनको भनाइ छ।

विद्युत् सेवा पुगेपछि स्थानीयवासीले विद्युतीय मिलबाट कुटानीपिसानी गर्न थालेका छन्। यसले परम्परागत रूपमा गर्नुपर्ने श्रम र समयको बचत गरेको छ। त्यस्तै, फर्निचरलगायत घरेलु उद्योग सञ्चालन गर्न सहज भएपछि स्थानीय उत्पादन र आयआर्जनका गतिविधिमा समेत सहयोग पुगेको वडाले जनाएको छ।

विद्युत् विस्तारले ग्रामीण क्षेत्रका नागरिकको जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै शिक्षा, सूचना तथा सञ्चार प्रविधिको पहुँच बढाउन र स्थानीय उद्यम विकास गर्न नयाँ सम्भावना सिर्जना गरेको छ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  ११ : ५७ बजे

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प, युक्रेन युद्धबारे छलफलको सङ्केत

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी