मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु « Khabarhub

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु


३ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा कम्तीमा ५० जना सर्वसाधारणको मृत्यु भएको छ। आइतबार भएका आक्रमणमा मुख्यतः दौसहाक समुदायका बासिन्दालाई लक्षित गरिएको सुरक्षा अधिकारी तथा स्थानीय स्रोतहरूले बताएका छन्।

मोटरसाइकलमा आएका आक्रमणकारीले टिनाबो गाउँ र तगादायत क्षेत्रका शिविरमा गोली चलाउनुका साथै घरहरूमा आगजनी गरेका थिए।

दौसहाक समुदायको कार्यकारी ब्युरोले उक्त हत्याकाण्डमा इस्लामिक स्टेट समूह संलग्न रहेको आरोप लगाएको छ। ब्युरोका अनुसार तगादायतमा मात्रै ४८ जना सर्वसाधारण मारिएका छन्।

एक सुरक्षा स्रोतका अनुसार हालै भएको सैन्य कारबाही र अजवादको उद्धारका लागि सशस्त्र आन्दोलन (एमएसए) ले गरेको आक्रमणको बदला लिन हिंसा मच्चाइएको हुन सक्ने बताइएको छ। दौसहाक समुदायबाटै उदाएको एमएसए मालीको सत्तारूढ सरकारसँग सम्बन्धित छ।

एक स्थानीय अधिकारीले आक्रमणमा महिला र वृद्धवृद्धासहित ५० जनाभन्दा बढीको मृत्यु भएको बताएका छन्। आक्रमणपछि विस्थापित भएका स्थानीय बासिन्दा मेनाका पुगेका छन्।

दौसहाक समुदायको कार्यकारी ब्युरोले घटनालाई नरसंहारको संज्ञा दिँदै निन्दा गरेको छ। साथै, विस्थापित भएका नागरिकका लागि तत्काल मानवीय सहायता उपलब्ध गराउन अपिल गरेको छ।

यसैबीच, मालीको सेनाले शनिबार मेनाकाबाट करिब ६५ किलोमिटर दक्षिणपश्चिममा सैन्य कारबाही गरेको जनाएको छ। सेनाका अनुसार उक्त कारबाहीमा सशस्त्र समूहको नियन्त्रणमा रहेको आतङ्कवादी तथा सैन्य उपकरण भण्डारण गरिएको प्रमुख आधारलाई लक्षित गरिएको थियो।

माली सन् २०१२ देखि जिहादी लडाकु, तुआरेग पृथकतावादी र आपराधिक समूहको हिंसाबाट प्रभावित हुँदै आएको छ। सन् २०२० र २०२१ मा भएका सैनिक विद्रोहपछि सत्तामा आएको सैनिक सरकारले सुरक्षा व्यवस्थापनका लागि रुसको सहयोग लिँदै आएको छ। रुसको वागनर समूहका अर्धसैनिक बल सन् २०२५ मा अफ्रिका कोरमा रूपान्तरण भएको थियो।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  १२ : १८ बजे

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण