हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार « Khabarhub

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार


३ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई बेलायतका राजा चार्ल्स तृतीयले पठाएको उपहार सोमबार प्राप्त भएको छ। म्यान्माका अधिकारीहरूले दुई महिनापछि सुकीको पहिलो तस्बिर सार्वजनिक गर्दै उनलाई ‘विशेष महिला कैदी’ भनेर उल्लेख गरेका छन्।

म्यान्माका राष्ट्रपतीय प्रवक्ताका अनुसार राजाले पठाएको प्याकेजमा माटोसम्बन्धी दुईवटा पुस्तक, एउटा सिलबन्दी खाम र गोप्य कूटनीतिक पत्र समावेश छन्।

सन् २०२१ मा भएको सैनिक विद्रोहबाट सत्ताच्युत भएकी सुकीलाई पछि नजरबन्दमा राखिएको थियो। गत अप्रिलमा पूर्वसैनिक शासक मिन आङ ह्लाइङ नागरिक राष्ट्रपतिका रूपमा स्थापित भएको निर्वाचनमा सुकीको पार्टीले भाग लिन पाएको थिएन।

सैनिक विद्रोहपछि म्यान्मामा गृहयुद्ध चर्किएको छ। द्वन्द्व अनुगमन गर्ने संस्था एसीएलइडीका अनुसार म्यान्मामा जारी द्वन्द्वमा एक लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

बेलायतले सुकीको हिरासतलाई ‘मनमानी नजरबन्द’ भन्दै उनलाई तत्काल र बिनासर्त रिहा गर्न माग गर्दै आएको छ।

यद्यपि, बेलायतको विदेश कार्यालयले राजाले पठाएको प्याकेज कूटनीतिज्ञमार्फत हस्तान्तरण गर्ने प्रयास गरिएको थियो वा त्यसका लागि अनुमति अस्वीकार गरिएको थियो भन्नेबारे स्पष्ट पारेको छैन।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  १२ : ३८ बजे

पर्साबाट चार दिनमा साढे तीन लाखका पटाका बरामद

वीरगन्ज- प्रहरीले पर्सा जिल्लाका विभिन्न स्थानबाट चार दिनको अवधिमा करिब तीन

नयाँ संसद्सँगै नेतान्याहुलाई राजनीतिक चुनौती थपिँदै

एजेन्सी– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नयाँ संसद् गठनसँगै राजनीतिक दबाब

मधेशमा छठ पर्वको तयारी तीव्र

जनकपुरधाम– दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र

तापक्रम वृद्धिको जोखिम बढ्दै, कोप–३१ मा जलवायु संकटबारे बहस

काठमाडौँ– विश्वव्यापी तापक्रम वृद्धिले पृथ्वीको प्राकृतिक सन्तुलनदेखि मानव अस्तित्वसम्ममा चुनौती

टाइमको जलवायु प्रभावशाली सूचीमा परेकन वाग्लेलाई रास्वपाको बधाई

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अमेरिकी पत्रिका ‘टाइम’को सन्