अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप « Khabarhub

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप


३ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर मिसाइलको आपूर्ति जानाजानी रोकेको आरोप लगाएका छन् । उनको आरोपले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनको बढ्दो मतभेदलाई थप गहिरो बनाएको छ।

जेलेन्स्कीले सोमबार अमेरिकी सिनेटरहरूसँगको कुराकानीमा युरोपेली देशहरूले युक्रेनको आवश्यकता सूची (पीयूआरएल)कार्यक्रमअन्तर्गत भुक्तानी गरिसकेका मिसाइलको आपूर्ति अमेरिकी रक्षा मन्त्रालयले ढिलाइ गरिरहेको बताए। उनका अनुसार ती मिसाइल पठाउन अमेरिकी रक्षामन्त्री पीट हेगसेथको हस्ताक्षर आवश्यक छ ।

युरोपेली देशहरू आफ्नै भण्डारबाट प्याट्रियट इन्टरसेप्टर मिसाइल युक्रेनलाई उपलब्ध गराउन तयार भए पनि अमेरिकी स्वीकृति नपाएको जेलेन्स्कीले बताए।

उनले मिसाइल तयार भइसकेको र स्वीकृति प्राप्त भएको भए ती युक्रेनमा पुगिसक्ने उल्लेख गर्दै यसले युक्रेनलाई दिइने सहयोग सुस्त बनाउन राजनीतिक निर्णय भएको संकेत गरेको बताए।

रुससँगको युद्धमा अमेरिकी समर्थनप्रति प्रश्न उठाउँदै किएभले वासिङ्टनले मस्कोलाई मिसाइल आक्रमणबारे चेतावनी दिन नसकेको आरोप लगाएको छ । युक्रेनले सञ्चारका लागि प्रयोग गर्ने स्टारशील्ड प्रणालीमा गरिएको परिवर्तनले आफ्नो सैन्य प्रतिकारमा बाधा पुगेको पनि जनाएको छ । तर, अमेरिकाले युक्रेनसँगको गुप्तचर साझेदारीमा कुनै परिवर्तन नगरेको बताउँदै आएको छ ।

अर्को महिना प्रमुख मध्यावधि निर्वाचनको सामना गर्न लागेका राष्ट्रपति ट्रम्पले भने युक्रेनका रुसी तेल प्रशोधन केन्द्रमाथिका आक्रमणले तेल आपूर्तिमा दबाब सिर्जना गरेको र इन्धनको मूल्य बढाएको आरोप लगाएका छन् । अमेरिकामा बढ्दो इन्धन मूल्य निर्वाचनको प्रमुख मुद्दामध्ये एक बनेको छ ।
 

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  ३ : ०८ बजे

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६