‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत « Khabarhub

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत


३ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता सान्वी मण्डललाई गृहनगर जनकपुरधाममा स्वागत तथा सम्मान गरिएको छ । विजेता मण्डलको गाउँ भोइलमा आज आयोजित कार्यक्रममा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसहित स्थानीयवासीले उनलाई स्वागत तथा सम्मान गरेका हुन् ।

थाइल्याण्डको राजधानी बैङ्कक गत महिना सम्पन्न सौन्दर्य प्रतियोगितामा सान्वीले ‘मिस वेलनेस वर्ल्ड २०२६’ को उपाधि जितेकी थिइन् । शारीरिक तथा मानसिक स्वास्थ्य र स्वस्थ जीवनशैलीलाई प्राथमिकता दिने सो प्रतियोगितामा उनले जनकपुरधाम र मिथिला संस्कृतिको प्रतिनिधित्व गर्दै झिझिया नृत्यलाई आफ्नो प्रतिभाको रुपमा प्रस्तुत गरेकी थिइन् ।

सो अवसरमा प्रदेश सभामुख यादवले विश्वमञ्चमा सहभागी भई नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धि गर्न सफल भएकामा समग्र मधेस प्रदेशका तर्फबाट उहाँलाई धन्यवाद दिए । यसैगरी, बैङ्ककमा सम्पन्न सौन्दर्य प्रतियोगितामा उपाधि जित्न सफल भई जनकपुरधाम र मिथिला संस्कृतिको समेत संवद्र्धनमा अमूल्य योगदान दिएको भन्दै स्थानीयवासीका तर्फबाट सम्मान व्यक्त गरिएको थियो । विजेता सान्वी सञ्जय र सविता मण्डलको छोरी हुन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  ५ : ५४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको