महानवमीमा सवारी साधनको पूजा « Khabarhub

महानवमीमा सवारी साधनको पूजा


३ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी साधनको पूजा गरिएको छ ।

सवारी साधनको पूजाका लागि सवारी धनीहरूले आफ्ना सवारी साधनलाई सफा गरेर सजाउने गर्छन् ।

केहिले सवारीसाधनलाई बलिसमेत चढाउने पनि चलन छ भने धेरै जसोले नरिवल फुटाउने तथा अन्य विविध तरिकाले पूजाआजा गर्ने गर्दछन् । यस दिन सवारी साधन पूजा गर्दा लामो समय टिक्ने र सवारी साधन चलाउँदा बाधा उत्पन्न नहुने जनविश्वास रहिआएको छ ।

त्यस्तै यसैदिन नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।

नवमीको दिन आफ्ना हातहतियारलगायत अन्य विभिन्न प्रयोगमा आउने साधनलाई पूजा गर्ने परम्परा छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  ६ : ५१ बजे

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ- बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने