काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने दृढता व्यक्त गरेकी छन्।
भारतीय सञ्चार माध्यमहरूमा आएका खबरअनुसार मङ्गलबार आफ्नो भनाइ सार्वजनिक गर्दै हसिनाले वर्तमान तारिक रहमान नेतृत्वको सरकारले आफूमाथि गिरफ्तारी, शारीरिक आक्रमण वा यातनाको खतरा खडा गर्न सक्ने भए पनि आफूलाई त्यसको कुनै डर नरहेको स्पष्ट पारेकी छिन्। जस्तोसुकै प्रतिकूल परिस्थिति र जोमिएका जोखिमहरू मोल्न तयार भए पनि आफू जन्मभूमि फर्किएरै छाड्ने उनको भनाइ छ।
सन् २०२४ को अगस्ट महिनामा चर्किएको विद्यार्थी आन्दोलनका कारण सत्ताच्युत हुँदै देश छाड्न बाध्य भएकी हसिना त्यसयता भारतमै आश्रय लिइरही देश फर्किनु आफ्नो नैतिक कर्तव्य भएको बताउँदै आएकी छन्।
वर्तमान सरकारले आफू र आफ्नो दल अवामी लिगका शीर्ष नेताहरूलाई लक्षित गर्दै झूटा मुद्दाहरूको जालो फैलाएको र विपक्षी दलको घाँटी निमोठ्ने कुत्सित प्रयास गरिरहेको आरोप समेत उनले लगाएकी छिन्।
त्यसैगरी, राजनीतिक व्यक्तित्वहरूमाथि लगाइएका सम्पूर्ण अभियोगहरूको निष्पक्ष र न्यायसङ्गत ढङ्गले छानबिन हुनुपर्नेमा जोड दिँदै उनले बङ्गलादेशी जनताले कुनै किसिमको दबाबबिना एक स्वतन्त्र, समावेशी र लोकतान्त्रिक पद्धतिमार्फत आफ्ना प्रतिनिधि चुन्ने अधिकार पाउनुपर्ने माग गरेकी छन्।














प्रतिक्रिया