काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि… « Khabarhub

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…


३ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले हालै ५ करोड अमेरिकी डलर मूल्यको १८ क्यारेट सुन र चार हजार चार सयभन्दा बढी हिरा जडित फ्यान्टेसी ‘ब्रा’ लगाएर भिक्टोरियाज सिक्रेटको वार्षिक फेसन शोमा डेब्यु गरेकी छन् । वर्षौंदेखि यस शोको मुख्य आकर्षण रहँदै आएको यो ब्रा लगाउने अवसरलाई मोडलको करियरको ठूलो उपलब्धि मानिन्छ ।

२९ वर्षीया जेनरलाई यो अवसर दिएपछि फेशन जगतमा दुई थरीका प्रतिक्रिया आएका छन् । केही प्रशंसकहरू खुसी भए पनि धेरैले अनुभवी सुपरमोडलको सट्टा उनलाई छनोट गरिएको भन्दै ब्रान्डको आलोचना गरेका छन् ।

विज्ञहरूका अनुसार यो पूर्ण रूपमा योजनाबद्ध मार्केटिङ रणनीति हो । परम्परागत मोडलहरूभन्दा पनि जसले धेरै मानिसको ध्यान खिच्न सक्छ उसैलाई प्राथमिकता दिने यो नयाँ युगको सुरुवात हो । कार्दसियन परिवारको सदस्य र सोसल मिडियाको प्रभावका कारण युवा पुस्तामाझ अत्यधिक लोकप्रिय रहेकी जेनरलाई उनको सांस्कृतिक प्रभाव र मनोरञ्जन क्षेत्रको भूमिकाकै कारण छनोट गरिएको कम्पनीका प्रमुख क्रिएटिभ अफिसर एडम सेलम्यानले बताएका छन् ।

तर, परम्परागत मोडलिङ र प्रतिष्ठित ग्ल्यामरलाई रुचाउने दर्शकहरूले भने यसलाई वास्तविक प्रतिभामाथिको अपमान र परम्पराप्रतिको विश्वासघातको रूपमा लिएका छन् । कतिपयले त यो शो इन्फ्लुएन्सरहरूको तमासामा परिणत भएको समेत टिप्पणी गरेका छन् ।

यसअघि सन् २०१८ मा लैङ्गिक विभेद र विविधताको कमीका कारण बन्द भएको यो शो सन् २०२४ देखि सबै महिलाको उत्सव मनाउने प्रतिबद्धतासहित पुनः सुरु गरिएको थियो । ज्याकोब एन्ड कम्पनीसँगको सहकार्यमा १५ जना कलाकारले एक हजार घण्टाभन्दा बढी लगाएर बनाएको यो अहिलेसम्मकै सबैभन्दा महँगो ब्रा हो ।

यद्यपि, समाजमा आर्थिक समस्या र गरिबी व्याप्त रहेको अवस्थामा यति धेरै धनराशी फजुल खर्च गरिनु र यसलाई प्राथमिकता दिनुले समाजको वास्तविक अवस्थाप्रतिको बेवास्ता झल्काउने भन्दै कतिपय मोडलहरूले चिन्तासमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  ७ : ०३ बजे

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ- बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने