सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’ « Khabarhub

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’


३ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै गिरफ्तार गर्न आग्रह गरेका छन् । आफूलाई समात्ने तयारी भइरहेको खबर पाएको जनाउँदै उनले मध्यराति नभई दिउँसै गिरफ्तार गर्न सरकारलाई आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलगायतका जेन-जी अभियन्ताहरुलाई पक्राउ गर्ने तयारी भइरहेको खबर प्राप्त भएको जनाएका उनले दिउँसै समात्न सरकारलाई चुनौती दिएका हुन् । ‘म लगायत अरू केही जेनजी साथीहरूलाई मध्यरातमा गिरफ्तार गर्ने खबर आइरहेको रहेछ’, उनले फेसबुकमा लेखेका छन् ।

‘म तेश्रो धुर्व र यो जनबिद्रोह पछी चाहिएको वास्तविक बैकल्पिक शक्तीको वकालत दशैँ पछी गर्छु, गिरफ्तार पनी दिनमा दिउसो परेर दशैँ पछी गर्नुहोला सरकारलाई मेरो आग्रह।’ उनले उल्लेख गरेका छन् ।

‘आजकल देश राती मात्रै बन्दो रहेछ के गर्नु होला !’ उनले समाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  ७ : ४६ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको