दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा « Khabarhub

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा


३ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दसैँको अवसरमा काठमाडौँ उपत्यकामा आम नागरिकको सुविधा र सहज आवागमनका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।

नेपाल प्रहरीले दसैँमा यात्रुको सहजताका लागि उपत्यकाका तीन रूटमा कात्तिक ३ र ४ गते निःशुल्क बस सञ्चालन गरेको हो । रूट नम्बर १ मा नक्सालबाट सुरू भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल हल हुँदै पुनः नक्सालमा फर्किने नेपाल प्रहरीले जनाएको छ ।

यस्तै, रूट नम्बर २ अन्तर्गत नक्सालबाट सुरू भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै पुनः नक्सालमा फर्किनेछ ।

रूट नम्बर ३ अन्तर्गत नक्सालबाट सुरू भई सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायण गोपाल चोक चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्त कुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ, महाराजगंज हुँदै पुनः नक्सालमा फर्किनेछ प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैगरी, निःशुल्क बस सेवाले विशेषगरी सार्वजनिक यातायातको अभावमा रहेका यात्रुलाई ठूलो राहत मिल्ने अपेक्षा नेपाल प्रहरीले गरेको छ ।

निःशुल्क बस सेवा पहिलो सिफ्ट अन्तर्गत आज दिउँसो ४ बजेबाट तीन वटै रूटमा सञ्चालन भएको छ । यसैगरी, भोलि टिकाको दिन पहिलो सिफ्ट बिहान ८ बजेबाट र दोस्रो सिफ्ट दिउँसो ३ः३० बजेबाट उक्त रूटमा सञ्चालन हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  १० : २५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको