हरिबोधिनी एकादशी पर्व मनाइँदै, चार नारायणमा विशेष मेला « Khabarhub

हरिबोधिनी एकादशी पर्व मनाइँदै, चार नारायणमा विशेष मेला


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कात्तिक शुक्ल एकादशीका अवसरमा शुक्रबार देशभर हरिबोधिनी एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइएको छ ।

भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गराई विशेष पूजा गरेर यो पर्व मनाउने परम्परा छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु चार महिनापछि आजकै दिन ब्युँझिने धार्मिक विश्वास छ । त्यसैले यस एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीको मठलाई हरिबोधिनी एकादशीका दिन गाईको गोबर र रातो माटोले लिपपोत गरी फूलमालाले सजाएर तुलसीको दामोदरसँग विवाह गरिन्छ । तुलसी भगवान् विष्णुलाई प्रिय भएकाले तुलसी विवाह गर्ने परम्परा बसेको धार्मिक मान्यता छ ।

हरिबोधिनी एकादशीका अवसरमा काठमाडौँ उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लागेको छ । काठमाडौँको शेषनारायण र इचँगुनारायण, भक्तपुरको चाँगुनारायण तथा ललितपुरको विशङ्खुनारायण मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

यसैगरी, काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थानमा पनि विशेष मेला लागेको छ । त्यहाँ कार्तिक शुक्ल पूर्णिमासम्म मेला सञ्चालन हुने परम्परा छ । बूढानीलकण्ठ नारायणस्थानको दर्शन तथा पूजा गर्दा उपत्यकाका चार नारायणको दर्शन गरेसरह पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  २ : २९ बजे

यी हुन् बालेनको भारत भ्रमणमा सहभागि हुने उद्योगी 

काठमाडौँ –  प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा ५२ जना निजी

धारिलो बलिङमा चम्किएका रिजन एनपीएलका सर्वाधिक विकेटकर्ता

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संकरणमा चितवन राइनोजका

हरिबोधिनी एकादशी पर्व मनाइँदै, चार नारायणमा विशेष मेला

काठमाडौँ– कात्तिक शुक्ल एकादशीका अवसरमा शुक्रबार देशभर हरिबोधिनी एकादशी पर्व

वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको चुनाव गर्ने आयोगको प्रस्ताव

काठमाडौँ– निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभा

एनपीएल फाइनलको टिकट बिक्री खुल्नुअघि नै ‘सोल्ड आउट’ ? क्यानप्रति दर्शक आक्रोशित

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शनिबार