काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रतिगमनविरुद्धको जनमत सङ्ग्रह भएको बताएका छन् ।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आज उम्मेदवार मनोनयनको दिन उल्लेख गर्दै अबको निर्वाचन हिंसाको विरुद्ध शान्तिको, अराजकताको विरुद्ध अनुशासनको र विध्वंसका विरुद्ध निर्माणको छनौट रहेको बताएका छन् ।
पोखरेलले नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने सबै प्रकारका षडयन्त्रहरुलाई परास्त गर्ने संकल्पका साथ निर्वाचनमा होमिन आह्वान समेत गरेका छन् ।
उनले लेखेका छन्– ‘यो निर्वाचन सामान्य निर्वाचन होइन, जनमत सङ्ग्रह हो । हिंसाको विरुद्ध शान्तिको, अराजकताको विरुद्ध अनुशासनको र विध्वंसको विरुद्ध निर्माणको छनौट हो।’













प्रतिक्रिया