आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ शुक्ल पक्षको द्वितिया तिथि। तदनुसार सन् २०२६ जनवरी २० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : आम्दानीका दृष्टिले दिन राम्रो छ। प्रियजनसँगको भेटले मन प्रशन्न हुनेछ। आफूलाई राज्यको निगरानीमा भएको सोच्नुपर्ने दिन छ। स्वास्थ्यमा सुधार हुने देखिन्छ। परिवारमा भने मेलमिलाप हुनेछ।

वृष : बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ।  शिक्षामा गरेको प्रयास सफल हुनेछ। व्यापारमा नयाँ लगानी नगर्नु उचित हुनेछ। परिवारको साथ नहुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

मिथुन : दिन सामान्य छ। अरु बोलेको सुन्दासमेत झर्को लाग्नसक्छ। आफूलाई संयम राख्न नसक्दा व्यवहारमा खटपटी बढ्नेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ।

कर्कट : सञ्चित धन खर्च गर्ने दिन छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। रोग प्रतिरोधी क्षमता बढाउनुपर्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। पारिवारिक मेलमिलाप हुनेछ।

सिंह: सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारमा विवाद हुने भएकाले बोल्दा सचेत बन्नुपर्ने छ। स्वास्थ्यमा सुधार हुनेछ।

कन्या : परोपकारमा सक्रिय भएमा सफलता मिल्नेछ। रोग नियन्त्रणका लागि भएको प्रयास सफल बन्नेछ। विपक्षी साथीले तपाईंलाई साथ दिने योग छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्नेछ।

तुला : दिन सामान्य छ। जन्मकुण्डलीमा शनिदेव अनुकल भएमा सोचेका काम बन्नेछन्। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। कार्यक्षेत्रमा गरेको संघर्ष सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। आज जोगिएर काम गर्नुपर्ने दिन छ।

वृश्चिक : भाग्यको उदय हुने दिन छ। थालेको कामलाई निरन्तरता दिन सकेमा सफलता मिल्नेछ। तर रोगको जोखिम रहेको छ। परिवारमा मेलमिलाप हुनेछ।

धनु : आज नयाँ अवसर मिल्ने योग रहेको छ। व्यापारमा सचेत बन्नुपर्ने छ। राजनीतिको नाममा लुट हुने भएकाले यो क्षेत्रमा विशेष ध्यान दिनुपर्ने दिन छ। स्वास्थ्यमा भने सुधार हुनेछ। शिक्षाका क्षेत्रमा ढिलासुस्ती बढ्नेछ।

मकर : आफ्नो बोलीका कारण पस्चाताप हुनसक्छ। गुम्न लागेको लगानी हात लाग्नेछ। राज्यका अंगमा सम्भावना छ। दाजुभाइसँगको सहकार्य सफल बन्नेछ। दान गरेर दिनको  सुरुवात गर्नु राम्रो हुनेछ।

कुम्भ : शनिदेव जन्मकुण्डलीको तीन, ६ र ११ मा भएमा भने दिन सहज बन्नेछ। लगानीको क्षेत्रमा हात नबढाउनु राम्रो हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारमा मेलमिलाप हुँदा विपक्षीबाट पनि राहत मिल्ने योग छ।

मीन : दैनिकी राम्रो छ। मनमा उल्लास बढ्नेछ। शिक्षामा समय दिन नसक्दा लक्ष्य प्राप्त नहुने जोखिम छ। राजनीतिक क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्ने योग रहेको छ। 

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ५ : २२ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री