देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर « Khabarhub

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि उनको क्षेत्रबाट नेपाली कांग्रेसले नयाँ उम्मेदवार उठाउने भएको छ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सात पटक चुनाव लडेको डडेलधुरा क्षेत्र छोड्दै निर्वाचन नलड्ने जानकारी गराएपछि कांग्रेसले उक्त क्षेत्रको टिकट नैनसिंह महरलाई दिएको छ।

कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले देउवालाई संरक्षक रहँदै अभिभावकीय भूमिका निर्वाह गर्न अनुरोध गर्दै आएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता अगाडि देउवाको सचिवालयले चुनाव नलड्ने विषयमा जानकारी गराएको हो।

देउवाले २०४८ सालदेखि निरन्तर डडेलधुराबाट चुनाव जित्दै आएका थिए। उनी उक्त क्षेत्रबाट सात पटक निर्वाचित भइसकेका नेता हुन्।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ८ : ३४ बजे

इँटाभट्टाको पर्खाल भत्किएर महिलाको मृत्यु

पाटन– ललितपुरको हरिसिद्धीमा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको

आयोगले सरकारलाई बुझायो निर्वाचनको मत परिणामसहितको प्रतिवेदन

काठमाडौं– निर्वाचन आयोगले सरकारलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन

निर्वाचनपछि नेपालका कम्युनिष्टको भूमिकाबारे गम्भीर प्रश्न उठ्यो : नेकपा मसाल

काठमाडौं– नेकपा मसालले प्रतिनिधिसभाको निर्वाचनपछि नेपालका कम्युनिष्टहरुको भूमिकाबारे गम्भीर प्रश्न

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ विजयी

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले