कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ? « Khabarhub

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम छ ।

कार्यालयका अनुसार काठमाडौं क्षेत्र नम्बर १ को कार्यालय सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वरमा निर्धारण गरिएको छ । क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरा नगरपालिकाको नगर भवनमा कार्यालय स्थापना गरिएको छ ।

काठमाडौं– ३ को गोकर्णेश्वर नगरपालिकको वडा नम्बर ४ को कार्यालय, क्षेत्र नम्बर ४ को बूढानीलकण्ठ नगरपालिकाको ज्येष्ठ नागरिक समाज भवन चपलीमा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।

यस्तै, निर्वाचन क्षेत्र ५ का लागि टोखा नगरपालिकाको श्री समाज भवन, क्षेत्र नम्बर ६ को तारकेश्वर नगरपालिकाको भवन धर्मस्थलीका कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

काठमाडौं क्षेत्र नम्बर ७ का लागि बहुउद्देश्यीय मार्सल आर्टस् केन्द्र जुडोहल खुसिबु बालाजस, क्षेत्र नम्बर ८ को नागाजुर्न नगरपालिकाको नगरपालिका भवन, क्षेत्र नम्बर ९ को चन्द्रागिरि नगरपालिकाको भवनमा कार्यालय स्थापना गरिएको छ ।

यस्तै, काठमाडौं क्षेत्र नम्बर १० को कीर्तिपुर नगरपालिकाको वडा नम्बर २ को भवन बाघभैरवमा कार्यालय स्थापना गरिएको छ ।

ललितपुर र भक्तपुरको पनि पायकपर्ने स्थानका निर्वाचन कर्यालय स्थापना भई सञ्चालनमा आइसकेको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ८ : ३८ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर