कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत « Khabarhub

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल हुसेन अन्सारीलाई दिएको टिकट खोसेको छ ।

एमाले प्रवेश गरेलगत्तै अध्यक्ष केपी ओलीले उनलाई सुनसरी क्षेत्र नम्बर ४ को टिकट दिएको भएपनि अन्तिममा उनको टिकट खोसेर जगदीश कुशियत दिइएको छ ।

केही दिनअघिसम्म कांग्रेसको देउवा समूहको पक्षमा उभिएर गगन थापाहरूमाथि आक्रमण गरिरहेका उनले रातारात पार्टी फेरेर एमालेको टिकट लिएका थिए ।

तर एमालेमा पुराना नेताहरुलाई वेवास्ता गर्दै अर्को पार्टीबाट भर्खरै प्रवेश गरेका व्यक्तिलाई टिकट दिएको भन्दै विरोध भएपछि अध्यक्ष ओली टिकट खोस्न बाध्य भएका हुन् ।

कुशियतको नाम सुनसरी–४ बाट एकल सिफारिस भएर आएको थियो । तर त्यसलाई वेवास्ता गर्दै अध्यक्ष ओलीले कांग्रेसबाट आएका अन्सारीलाई टिकट दिएका थिए ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १० : ०९ बजे

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न