काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल हुसेन अन्सारीलाई दिएको टिकट खोसेको छ ।
एमाले प्रवेश गरेलगत्तै अध्यक्ष केपी ओलीले उनलाई सुनसरी क्षेत्र नम्बर ४ को टिकट दिएको भएपनि अन्तिममा उनको टिकट खोसेर जगदीश कुशियत दिइएको छ ।
केही दिनअघिसम्म कांग्रेसको देउवा समूहको पक्षमा उभिएर गगन थापाहरूमाथि आक्रमण गरिरहेका उनले रातारात पार्टी फेरेर एमालेको टिकट लिएका थिए ।
तर एमालेमा पुराना नेताहरुलाई वेवास्ता गर्दै अर्को पार्टीबाट भर्खरै प्रवेश गरेका व्यक्तिलाई टिकट दिएको भन्दै विरोध भएपछि अध्यक्ष ओली टिकट खोस्न बाध्य भएका हुन् ।
कुशियतको नाम सुनसरी–४ बाट एकल सिफारिस भएर आएको थियो । तर त्यसलाई वेवास्ता गर्दै अध्यक्ष ओलीले कांग्रेसबाट आएका अन्सारीलाई टिकट दिएका थिए ।













प्रतिक्रिया