काठमाडौं– नेपाली कांग्रेसले कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ ।
पूर्वगृहमन्त्री रमेश लेखक निर्वाचन लड्दै आएको क्षेत्रबाट कांग्रेसले बोहरालाई उम्मेदवार बनाएको हो । बोहरा कांग्रेस कञ्चनपुरका पूर्व सभापति पनि हुन् ।
नेता बोहराले टिकट पाउँदा पूर्वगृहमन्त्री लेखक कांग्रेसबाट चुनावी प्रतिष्पर्धाबाट वञ्चित भएका छन् ।
प्रतिनिधिसभा निर्वाचन–२०७९ मा नेता लेखक ३० हजार ५७५ मतसहित विजयी भएका थिए । नेकपा एमालेकी उम्मेदवार निरूदेवी पाल १८ हजार ४८५ मतसहित दोस्रो भएकी थिइन् ।
यस्तै, कञ्चनपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कृष्ण लुहार २ हजार ३१ मत पाएर तेस्रो भएका थिए । गत निर्वाचनमा यो क्षेत्रमा कांग्रेसबाट विद्रोह गरेर अन्य दुई जना स्वतन्त्रतर्फ उम्मेदवार थिए ।













प्रतिक्रिया