कांग्रेस दमक नगर सभापतिले छाडे पार्टी, बालेनलाई सघाउने « Khabarhub

कांग्रेस दमक नगर सभापतिले छाडे पार्टी, बालेनलाई सघाउने


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

दमक– नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईंले पार्टीको पद र क्रियाशील सदस्यता परित्याग गरेको घोषणा गरेका छन्।

प्रसाईंले मंगलबारदेखि कांग्रेस दमक नगर सभापतिको जिम्मेवारी तथा पार्टीको क्रियाशील सदस्यता छोड्ने औपचारिक निर्णय सार्वजनिक गरेका हुन्।

उनले अब आफ्नो राजनीतिक यात्रा पद, कुर्सी वा झण्डाभन्दा परिवर्तन केन्द्रित हुने बताएका छन्।

उनले आफ्नो निर्वाचन क्षेत्र झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा काठमाडौं महानगरका निवर्तमान मेयर बालेन साहलाई अग्रिम शुभकामना दिँदै पूर्ण साथ, समर्थन र चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रसाईंले आफ्नो सामाजिक–राजनीतिक यात्रामा साथ दिने पार्टी नेतृत्व, कार्यकर्ता, क्रियाशील सदस्य, शुभेच्छुक र आम नागरिकप्रति आभार प्रकट गरेका छन्।

उनले ‘परिवर्तन सम्भव छ, हाम्रै पालामा’ भन्ने सन्देशसहित नयाँ राजनीतिक यात्राको संकेत गरेका छन्।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ११ : ५६ बजे

महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी

काठमाडौं- आगामी फागुन २१ मा आयोजना हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन

पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाको उम्मेदवारी मनोनयन दर्ता

झापा – पूर्वसभामुख देवराज घिमिरेले झापा निर्वाचन क्षेत्र नं २

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन