सर्लाही–४ मा कांग्रेस सभापति गगन र निवर्तमान सांसद डा. अमरेश आमनेसामने « Khabarhub

सर्लाही–४ मा कांग्रेस सभापति गगन र निवर्तमान सांसद डा. अमरेश आमनेसामने


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आगामी निर्वाचनका लागि रोचक राजनीतिक प्रतिस्पर्धा हुने देखिएको छ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र २०७९ सालमा कांग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका निवर्तमान सांसद डा. अमरेश सिंहबीच भिडन्त हुने पक्का भएको छ।

कांग्रेसले सर्लाही–४ बाट पार्टी सभापति थापालाई उम्मेदवार बनाउने तयारी गरेसँगै चुनावी सरगर्मी बढेको छ। पार्टी नेतृत्वले यस क्षेत्रलाई प्रतिष्ठाको विषयका रूपमा हेरेको छ । गगनले यसअघि जित्दै आएको काठमाडौं ४ छाडेर सर्लाही जान लाग्दा अमरेशको चुनौती पाउने भएका हुन् ।

उता निवर्तमान सांसद डा. अमरेश सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुनः चुनावी मैदानमा उत्रिने तयारी गरेका छन् । उनी सोमबार मात्रै जनकपुरको सभामा रास्वपा प्रवेश गरेका थिए ।

२०७९ को निर्वाचनमा कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका सिंहले यस क्षेत्रमा बलियो व्यक्तिगत प्रभाव र मताधार कायम रहेको दाबी गर्दै आएका छन्।

स्थानीय तहमा थापा र सिंह दुवैको प्रभाव रहेकाले सर्लाही–४ को चुनावलाई निकै चासोका साथ हेरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यो प्रतिस्पर्धाले राष्ट्रिय राजनीतिमा समेत सन्देश दिनेछ।

सर्लाही–४ मा यसअघि २०७९ मा पनि गगन जान चाहेका थिए । तर त्यसबेला उनी अन्तिम समयमै काठमाडौंमा अडिए ।

२०७९ को निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्रबाट सिंह निर्वाचित भएका थिए ।

सिंहले २० हजार १७ मत ल्याउँदै विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार नागेन्द्र कुमार १ हजार ७६५ मतान्तरले पराजित भए । पराजित नागेन्द्र कुमारले १८ हजार २५२ मत ल्याए ।

यस्तै, स्वतन्त्रबाट उठेकी मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरिन् । कांग्रेसले सिंहलाई टिकट नदिएर नागेन्द्रलाई उठाएको थियो ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १२ : ०६ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि