प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया जारी « Khabarhub

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया जारी


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको प्रक्रिया देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा जारी रहेकाे छ ।

निर्वाचन आयोग सहायक प्रवक्ता कुलबहादुर जिसीले उम्मेदवारी दर्ताका लागि आज बिहान १० देखि अपराह्न ५ बजेसम्मको निर्वाचन कार्यक्रम यसअघि नै सार्वजनिक गरिसकिएको जानकारी दिए । उनले अपराह्न ५ बजेसम्म आएर लाम बस्नेले उम्मेदवारी दर्ता गर्न पाउने बताए ।

सबै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयत्र पत्रसहित १३ प्रकारका कागजात साथमा लिएर आउन आयोगले यसअघि नै आह्वान गरिसकेको छ ।

आज अपराह्न ५ देखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम रहेको छ ।

माघ ७ गते दिउँसो ३ः०० बजेदेखि माघ ८ गते बेलुका ५ः०० बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ः०० देखि ७ः०० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

माघ ९ गते दिउँसो १ः०० देखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ः०० देखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १२ : ०७ बजे

अक्षय कुमारको सुरक्षा गाडी दुर्घटनामा 

काठमाडौं– बलिउडका सुपरस्टार अक्षय कुमारको कार दुर्घटनाले सामाजिक सञ्जालमा तनावमा

राजेन्द्र महतोले दर्ता गराए उम्मेदवारी

काठमाडौं- राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र माहतोले उम्मेदवारी दर्ता

टिकट खोसिए पनि थेबेलाई समर्थन गर्न ताप्लेजुङ पुगे भट्टराई

काठमाडौं -ताप्लेजुङबाट टिकट नपाएपनि युवा संघका नेता क्षितिज थेबेलाई सघाउन

महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी

काठमाडौं- आगामी फागुन २१ मा आयोजना हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन