राजीनामा दिएकै भोलिपल्ट रास्वामा जगदीश खरेल, टिकट लिएपछि ललितपुर २ मा विवाद « Khabarhub

राजीनामा दिएकै भोलिपल्ट रास्वामा जगदीश खरेल, टिकट लिएपछि ललितपुर २ मा विवाद


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तरिम सरकारका सञ्चारमन्त्री जगदीश खरेल पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

उनी रास्वपामा प्रवेश गरेकै भोलिपल्ट ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाकाे उम्मेदवार बनेका छन्।

तर ललितपुर २ मा उनको इन्ट्रीले रास्वपाभित्र किचलो भएको छ। त्यहाँ रास्वपाबाट बुद्धरत्न महर्जन टिकटको दौडमा थिए । उनलाई जिल्ल्याउँदै जगदीशले टिकट लिएपछि रास्वपाको स्थानीय कमिटीमा तनाव भएको छ।

रास्वपाले ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको टिकट दिएपछि उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका थिए । उनी मन्त्री हुनुअघि नेपाली कांग्रेसको क्रियाशील सदस्य थिए ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १२ : २९ बजे

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

रेनु दाहालद्वारा चितवन–३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– चितवन क्षेत्र नम्बर ३ मा नेकपाका उम्मेदवार रेनु दाहालले