माओवादी छाडेका विप्लवदेखि सुदनसम्म पछि हटे चुनावी प्रतिष्पर्धाबाट « Khabarhub

माओवादी छाडेका विप्लवदेखि सुदनसम्म पछि हटे चुनावी प्रतिष्पर्धाबाट


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन माओवादी छाडेर नयाँ पार्टी निर्माणको प्रक्रियामा लागेका नेताहरू चुनावी राजनीतिबाट पछि हटेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सुरुमा सहभागी हुने घोषणा गरेका नेतृत्व तहका व्यक्तिहरू अन्तिम समयमा एकाएक पछि हटेका हुन् ।

०६८ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी विभाजन गरेर नयाँ पार्टी निर्माण गरेका नेत्रविक्रम चन्द ‘विप्लव’को नेकपा (माओवादी) निर्वाचनमा सहभागी हुने तर उनी लगायत पार्टीका शीर्ष नेतृत्वले भने उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

चुनावी प्रक्रिया सुरु भएसँगै सो पार्टीको तर्फबाट समानुपातिक सूचीको नाम पेस गर्नेदेखि शीर्ष नेतृत्व खड्कबहादुर विश्वकर्मा, अनिल बिरही लगायतका नेतृत्वले कहाँबाट उम्मेदवारी दिने भन्ने विषय पनि करिब–करिब टुंग्याएको थियो ।

जसमा नेत्रविक्रम चन्द ‘विप्लव’ले नै रोल्पाबाट र कालिकोटबाट खड्कबहादुर विश्वकर्माले उम्मेदवारी दिने चर्चा भएकोमा विकसित परिस्थितिअनुसार उनीहरू चुनावबाट पछि हटेको अनुमान गरिएको छ । जसले सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीलाई सहज बनाएको देखिन्छ ।

त्यस्तै, तत्कालीन माओवादी केन्द्रबाट बाहिरिएर डा. बाबुराम भट्टराई लगायतका नेतासँगको सहकार्यमा प्रगतिशील लोकतान्त्रिक पार्टी निर्माण गरेका सुदन किराती लगायत सो पार्टीका अन्य शीर्ष नेतृत्वहरूले पनि उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

तर, सोही पार्टी निर्माण प्रक्रियामा सहभागी भएका र चुनावमा उम्मेदवारी नदिने घोषणा गरेका डा. बाबुराम भट्टराईले भने सोमबार गोरखा २ बाट उम्मेदवारी दिने घोषणा गरेका थिए ।

भट्टराईले ‘गोरखा–२ का पार्टी साथीहरू, आम मतदाता, अन्य दलभित्रका समेत शुभचिन्तकहरूको जोडबल र देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यान दिँदै आगामी आम निर्वाचनमा गोरखा–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनावचिन्ह ‘खुलेको आँखा’ लिएर उम्मेदवारी दिने निर्णयमा पुगेको’ बताएका छन् ।

अन्तिम समयमा गोरखा– २ मा उम्मेदवारी दिने घोषणा गरेका बाबुरामको मुख्य प्रतिस्पर्धा नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली युवा नेता लेखनाथ न्यौपानेसँग हुने देखिएको छ । जहाँ एमालेले मिलन गुरुङ ‘चक्रे’लाई टिकट दिएको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १२ : ३३ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको