‘फिल्म चलाउन भाडाका दर्शक ल्याएर रुवायो’ भन्ने आरोपबारे बोले बल्छी « Khabarhub

‘फिल्म चलाउन भाडाका दर्शक ल्याएर रुवायो’ भन्ने आरोपबारे बोले बल्छी


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय कलाकारहरु हलमा पुगेर दर्शकबाट प्रत्यक्ष प्रतिक्रिया लिने अभ्यास बढ्दो छ । यस्ता हल भिजिटहरु फिल्म प्रचारमा प्रयोग हुने गरेको छ ।

त्यसक्रममा दर्शक हाँसेको, रोएको, कलाकारलाई अंकमाल गरेको र कलाकारको आडमा बसेर दर्शकले फिल्म हेर्न आह्वान गरेको भिडियोहरु फिल्म प्रचारमा प्रयोग हुन्छ ।

माघ १ बाट प्रदर्शनमा आएको फिल्म ‘गोबर गणेश’का नायक, निर्माता, लेखक र निर्देशक मरिचमान श्रेष्ठले पनि त्यही अभ्यासलाई निरन्तरता दिए ।

हल भिजिटका क्रममा पुगेका बल्छी अगाडि आमा–छोराको प्रेम र संघर्षमा बनेको यस फिल्म हेरेर दर्शक रोएको भिडियो सार्वजनिक भएका छन् । ती भिडियोमा केही महिलाले बल्छीलाई अंकमाल गर्दै आशु झारेका छन्, केही पुरुषहरु रुदै अन्तर्वार्ता दिएका छन् । एक युवाले डाको छाडेर रोएको भिडियो सामाजिक सञ्जालमा भइरल छ ।

यी भिडियोलाई लिएर लिएर ‘फिल्म चलाउन भाडाका दर्शक ल्याएर रुवायो’ भन्ने आरोप बल्छीले खेपेका छन् । ती भिडियोमा यस आशयका कमेन्टहरु प्रशस्त भेटिन्छ ।

बल्छीले यी आरोपबारे बालेका छन् । यी आरोपहरुमा कुनै सत्यता नभएको उनको स्पष्टीकरण छ ।

हलमा भेटिएका बहुसंख्य दर्शकलाई नियोजित रुपमा रुवाउन आफ्नो पहुँच नभ्याउने उनको तर्क छ ।

उनी भन्छन्, ‘हामीले कम्तीमा १५ वटा हल भिजिट गर्‍यौं । प्रत्येक हलमा बहुसंख्य दर्शक आएर मलाई र हाम्रो टिमलाई अंकमाल गरेर रुनुभएको छ । कुनै हलमा ९० जना जति, कुनै हलमा डेढ सयभन्दा बढी दर्शक रुनुभएको छ । अब हामीले घरै गएर रुनुहोस् भनेको होइन ।’

शारीरिक बनावट कारण आफूलाई नायक स्वीकार गर्न नसक्नेहरुले यस्ता आरोपसहितका प्रतिक्रिया दिएको हुन सक्ने उनको अनुमान छ ।

उनी भन्छन्, ‘पहिला नै बल्छी जस्ता नि हिरो हुन्छन् ? भन्दै धेरै कमेन्ट आएका थिए । अहिले विभिन्न आरोप लगाउनेहरु पनि उनीहरु हुन सक्छन् ।’

आमा–छोराको संघर्षको कथा भएकाले दर्शकहरु भावुक भएका उनको बुझाइ छ । उनी दाबी गर्छन्, ‘कथा नै भावुक छ । फिल्मले छोयो र उहाँहरु रुनुभयो ।’

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १२ : ४० बजे

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित

जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति

बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौं– नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.

राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गरिने

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद