‘फिल्म चलाउन भाडाका दर्शक ल्याएर रुवायो’ भन्ने आरोपबारे बोले बल्छी « Khabarhub

‘फिल्म चलाउन भाडाका दर्शक ल्याएर रुवायो’ भन्ने आरोपबारे बोले बल्छी


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय कलाकारहरु हलमा पुगेर दर्शकबाट प्रत्यक्ष प्रतिक्रिया लिने अभ्यास बढ्दो छ । यस्ता हल भिजिटहरु फिल्म प्रचारमा प्रयोग हुने गरेको छ ।

त्यसक्रममा दर्शक हाँसेको, रोएको, कलाकारलाई अंकमाल गरेको र कलाकारको आडमा बसेर दर्शकले फिल्म हेर्न आह्वान गरेको भिडियोहरु फिल्म प्रचारमा प्रयोग हुन्छ ।

माघ १ बाट प्रदर्शनमा आएको फिल्म ‘गोबर गणेश’का नायक, निर्माता, लेखक र निर्देशक मरिचमान श्रेष्ठले पनि त्यही अभ्यासलाई निरन्तरता दिए ।

हल भिजिटका क्रममा पुगेका बल्छी अगाडि आमा–छोराको प्रेम र संघर्षमा बनेको यस फिल्म हेरेर दर्शक रोएको भिडियो सार्वजनिक भएका छन् । ती भिडियोमा केही महिलाले बल्छीलाई अंकमाल गर्दै आशु झारेका छन्, केही पुरुषहरु रुदै अन्तर्वार्ता दिएका छन् । एक युवाले डाको छाडेर रोएको भिडियो सामाजिक सञ्जालमा भइरल छ ।

यी भिडियोलाई लिएर लिएर ‘फिल्म चलाउन भाडाका दर्शक ल्याएर रुवायो’ भन्ने आरोप बल्छीले खेपेका छन् । ती भिडियोमा यस आशयका कमेन्टहरु प्रशस्त भेटिन्छ ।

बल्छीले यी आरोपबारे बालेका छन् । यी आरोपहरुमा कुनै सत्यता नभएको उनको स्पष्टीकरण छ ।

हलमा भेटिएका बहुसंख्य दर्शकलाई नियोजित रुपमा रुवाउन आफ्नो पहुँच नभ्याउने उनको तर्क छ ।

उनी भन्छन्, ‘हामीले कम्तीमा १५ वटा हल भिजिट गर्‍यौं । प्रत्येक हलमा बहुसंख्य दर्शक आएर मलाई र हाम्रो टिमलाई अंकमाल गरेर रुनुभएको छ । कुनै हलमा ९० जना जति, कुनै हलमा डेढ सयभन्दा बढी दर्शक रुनुभएको छ । अब हामीले घरै गएर रुनुहोस् भनेको होइन ।’

शारीरिक बनावट कारण आफूलाई नायक स्वीकार गर्न नसक्नेहरुले यस्ता आरोपसहितका प्रतिक्रिया दिएको हुन सक्ने उनको अनुमान छ ।

उनी भन्छन्, ‘पहिला नै बल्छी जस्ता नि हिरो हुन्छन् ? भन्दै धेरै कमेन्ट आएका थिए । अहिले विभिन्न आरोप लगाउनेहरु पनि उनीहरु हुन सक्छन् ।’

आमा–छोराको संघर्षको कथा भएकाले दर्शकहरु भावुक भएका उनको बुझाइ छ । उनी दाबी गर्छन्, ‘कथा नै भावुक छ । फिल्मले छोयो र उहाँहरु रुनुभयो ।’

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १२ : ४० बजे

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक