काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
गत निर्वाचनमा टिकट नपाएका गैरेले यसपटक भने स्थानीयको विरोधपछि टिकट पाएका हुन् ।
यसअघि, एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पाल्पा २ बाट उम्मेदवार बन्ने निर्णय गरेका थिए, तर पछि रूपन्देही २ बाटै पौडेलको उम्मेदवारी सुनिश्चित भएपछि पाल्पा २ मा राम बहादुर राउतलाई टिकट दिइएको थियो।
अघिल्लो निर्वाचनमा चुनाव जितेका गैरेलाई टिकट नदिइएकोमा ओली निकटका उम्मेदवारलाई प्राथमिकता दिएको भन्दै आलोचना भएको थियो।
उनी एमालेको १०औँ महाधिवेशनमा ओली इतर प्यानलबाट पदाधिकारीको उम्मेदवार बनेका थिए ।













प्रतिक्रिया