चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु « Khabarhub

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको चिनीयाँ सञ्चार माध्यमले जनाएका छन् ।

 विस्फोटमा परी एक जना एकजना व्यक्ति अझै बेपत्ता रहेको स्थानीय उद्धारकर्ताहरूलाई उद्धृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

प्रारम्भिक रिपोर्टहरूले इनर मङ्गोलिया स्वायत्त क्षेत्रको बाओगाङ युनाइटेड स्टिल कारखानामा  भएको विस्फोट ६५० घन मिटरको पानी र स्टीम ट्याङ्कीबाट भएको देखाएको थियो । 

सिन्ह्वाले यस अघिको विस्फोटमा घाइते भएका ८४ जनालाई उपचारका लागि अस्पताल लगिएको बताएको थियो । सामाजिक सञ्जालमा आएको फुटेजमा कारखानाको छत र भग्नावशेष, माथिको धुवाँ र घटनास्थलमा फायर इन्जिनहरू देखाइएको छ ।

अन्य भिडियोहरूमा कारखानाबाट निस्कने धुवाँ र भवनहरूको भग्नावशेषबाट आएको जस्तो देखिने ठुलो, बेलनाकार रूपमा आकाशमा विस्फोट भइरहेको देखाइएको छ ।

स्थानीय बासिन्दाहरूले विस्फोटले उनीहरूको घरहरू हल्लाएको र झ्यालहरू च्यातेको बताएका छन् । गत जुन महिनामा मध्य चिनको हुनान प्रान्तको एक कारखानामा भएको विस्फोटमा ९ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए ।

सन् २०१५ मा बन्दरगाह सहर तियानजिनमा ज्वलनशील रसायन भएको गोदाममा भएको विस्फोटमा १७० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ७०० जना घाइते भएका थिए ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  २ : ३९ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको