नेमकिपाको गढ भक्तपुर १ मा एमालेका मिश्रले गरे मनोनयन दर्ता « Khabarhub

नेमकिपाको गढ भक्तपुर १ मा एमालेका मिश्रले गरे मनोनयन दर्ता


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का उम्मेदवार सोमप्रसाद मिश्रले उम्मेदवारी दर्ता गरेका छन् ।

नेपाल मजदुर किसान पार्टीको गढ मानिने भक्तपुर क्षेत्रनम्बर १ मा एमालेका पूर्वकेन्द्रीय सदस्य तथा चाँगुनारायण नगरपालिकामा पूर्वमेयर मिश्र उम्मेदवार बनेका छन् ।

भक्तपुर क्षेत्र नम्बर १ मा २०४८ देखि २०७९ सबै सातवटा चुनाव नेमकिपाले जित्दै आएको छ ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले २०४८ देखि २०७० सम्म पाँच पटक चुनाव जित्नु भएको थियो । भने २०७४ र २०७९ मा नेमकिपाकै प्रेम सुवाल लगातार दुई पटक निर्वाचित भएका थिए ।

तर यसपटक एमाले नेता मिश्रले फरक परिणाम निकाल्ने दाबी गरे। उनले भने, ‘मैले २०७४ मा मेयर हुँदा गरेको कामको प्रभाव भक्तपुर क्षेत्रनम्बर १ भरि परेकोले म जित्छु ।’

उनले आफ्नो कार्यकालमा १२ हजार घरधुरीमा एक घर एक धारा, पाँच वर्षमा १०२ किलोमिटर सडक कालोपत्रे जनतालाई मिश्रले काम गर्न सक्छ भन्ने सन्देश दिएको बताए ।

मिश्रले नेमकिपाको सदनमा एउटा मात्रै सांसद हुँदा यस क्षेत्रका नागरिकको पहुँच राष्ट्रिय राजनीतिमा नभएको बताए ।

‘त्यसैले यहाँको विकास निर्माणमा ध्यान पुग्न सकेको छैन, अब एमालेबाट म जितेपछि राष्ट्रिय राजनीतिसँग भक्तपुर क्षेत्र नम्बर १ जोडिन्छ र यहाँको विकास हुन्छ’, उनले भने ।

बचत खाता छोरीको सुरक्षा जीवन, सामुदायिक स्कुलका भवन निर्माण, एक वडा एक स्वास्थ्य चौकी कार्यक्रम, एक वडा एक एम्बुलेन्स, मेयर उद्यमशीलता विकास कार्यक्रम जस्ता नीतिले आफ्नो उनी जिल्लाभर चर्चित रहेका स्थानीय व्यवसायी अश्विन गिरी बताउँछन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ४ : १० बजे

‘ग्रिनल्यान्डलाई अमेरिकी अस्पताल जहाजको आवश्यकता छैन’

कोपनहेगन– डेनमार्कका रक्षामन्त्री ट्रोअल्स लुन्ड पौल्सेनले ग्रिनल्यान्डलाई अन्य देशहरूबाट चिकित्सा

बालबालिकामा इन्टरनेटको लत : अभिभावकलाई स्वास्थ्य, शिक्षाका विषयमा चिन्ता

काठमाडौं– पछिल्लो समय प्रविधिको विकास भएसँगै मोबाइल फोन र इन्टरनेटको

चितवन–३ मा कस्तो छ चुनावी माहोल ?

चितवन–  चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र नेकपा (एमाले)का

निर्वाचनको समयमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही फागुन

छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक

मुगु– श्रमबाटै समृद्धि सम्भव हुन्छ भन्ने उद्देश्यले छायाँनाथ रारा नगरपालिकाले