जनभावनालाई प्राथमिकता दिन विभागीय प्रमुखलाई कार्यवाहक प्रमुख डंगोलको निर्देशन « Khabarhub

जनभावनालाई प्राथमिकता दिन विभागीय प्रमुखलाई कार्यवाहक प्रमुख डंगोलको निर्देशन


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरपालिकाका असल अभ्यासलाई निरन्तरता दिँदै जनताका अपेक्षालाई प्राथमिकता दिँदै काम गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिएकी छन् ।

मंगलबार आयोजित पहिलो विभागीय बैठकमा डंगोलले भनिन्, ‘सुशासन, नागरिक अपेक्षा र असल तथा सफल अभ्यासको निरन्तरता सुनिश्चित गर्न हाम्रो दृष्टि एकै ठाउँमा हुनुपर्छ। आन्तरिक तथा बाह्य सम्बन्ध सुदृढ पार्दै पारदर्शिता, इमान्दारिता र जनभावनाप्रति उत्तरदायी भएर काम गर्नुहोस्।’

उनले विभागीय प्रमुखहरूलाई नागरिकले महसुस गर्ने सुविधा र सहजतामा ध्यान दिन सुझाव दिइन्। साथै, समन्वय, सहकार्य र साझेदारीलाई सुदृढ बनाउँदै पुँजीगत खर्च गर्ने क्षमता बढाउनुपर्नेमा जोड दिइन्। डंगोलले योजना कार्यान्वयनमा प्रभावकारिता सुनिश्चित गर्न पनि निर्देशन दिइन् ।

कार्यवाहक प्रमुखले भोलिदेखि विभागीय र क्षेत्रगत उपलब्धिका विषयमा निरन्तर जानकारी लिने र नतिजा सुधार गर्ने एजेन्डामा छलफल गर्ने कार्यक्रम तय भएको छ। बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र अन्य विभागीय प्रमुखहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ४ : ४० बजे

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम)

सुनको मूल्य १२ हजार पाँचसय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मुल्यमा भारी गिरावट आएको

दाङको दुर्गम सैघामा विद्युत सेवाको पहुँच

दाङ– दाङको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत सेवाको पहुँच

कसरी सम्भव भयो, ओलीको इलाकामा बालेनको धमाका ?

हुन त म पनि हिजोसम्म पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष

रसुवा अस्पतालमा सेवा विस्तार

रसुवा– रसुवाको धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन