काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् ।
उनले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा मंगलबार कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
पूर्वपरराष्ट्रमन्त्री साउद गत निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।
उक्त निर्वाचनमा उनले २८ हजार १३६ मत ल्याएका थिए । साउदका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर धामीले २१ हजरा ६८२ मत प्राप्त गरेका थिए ।
कञ्चनपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार झंकरराज जोशी ४ हजार ९३७ मतसहित तेस्रो भएका थिए ।
यो क्षेत्रमा यसपल्ट रास्वपाले दीपक बोहरालाई उम्मेदवार बनाएको छ । यस्तै एमालले बचनबहादुर सिंह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले माधव पन्तलाई अघि सारेको छ ।
पढ्न लाग्ने समय : < 1 मिनेट












प्रतिक्रिया