एनएमए निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक « Khabarhub

एनएमए निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक सङ्घ (एनएमए) को आगामी निर्वाचनका लागि निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । 

समितिले सूचना जारी गर्दै पुस २ गते निर्वाचन समिति समक्ष मनोनयन फारम पेस भएका तथा मनोनयनका लागि दस्तुर बुझाएका सदस्यको मनोनयन कायम गरी अन्तिम नामावली प्रकाशन गरेको हो ।

निर्वाचन समितिले विधान बाहिर गएर काम गरेकाले यथास्थितिमा निर्वाचनका गतिविधि अघि नबढोस् भन्दै डा. अजयकुमार मिश्रले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत पाटनले उनको पक्षमा अन्तरिम आदेश दिएपछि निर्वाचन रोकिएको थियो ।

सार्वजनिक सूचना अनुसार संघको वर्तमान कार्यसमितिसँग छलफल गरी यथाशीघ्र निर्वाचन आयोगसँग स्वीकृत लिई निर्वाचनको नयाँ मिति तय गरिने छ । समितिले सबै उम्मेदवार, मतदाता तथा सरोकारवालालाई निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ ।

एनएमएको आगामी निर्वाचनका लागि अध्यक्ष पदमा डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायणप्रसाद भुसाल ,वरिष्ठ उपाध्यक्षका लागि डा. अजयकुमार मिश्रा, डा. कृतिपाल सुवेदी, डा. सञ्चीव तिवारीलेको उम्मेदवारी परेको छ । 

त्यस्तै महासचिव पदका लागि तीन जना, कोषाध्यक्षका लागि दुई, सहसचिवका लागि तीन सह कोषाध्यक्षका लागि दुई र सदस्यका लागि १८ जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी, प्रदेश संयोजकको लागि कोशीमा तीन, मधेशमा तीन, बागमतिमा चार, गण्डकीमा दुई, लुम्बिनीमा तीन, कर्णाली प्रदेशमा तीन र सुदूर पश्चिममा दुई जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ५ : ०१ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको