नवलपरासी-१ बाट उम्मेदवारी दर्तापछि विनोद चौधरीले भने- राजनीतिक परिवर्तन र आर्थिक रूपान्तरणको पक्षमा छु « Khabarhub

नवलपरासी-१ बाट उम्मेदवारी दर्तापछि विनोद चौधरीले भने- राजनीतिक परिवर्तन र आर्थिक रूपान्तरणको पक्षमा छु


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता विनोद चौधरीले नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न चौधरीले आज उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्तापछि सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै उनले आफू राजनीतिक परिवर्तन र आर्थिक रूपान्तरणको पक्षमा रहेको उल्लेख गरेका छन्। साथै, जेन-जी मुभमेन्टले दिएको सन्देशको मर्म आफूले गहिरोसँग बुझेको बताएका छन्।

चौधरीले नवलपरासी पश्चिमको विकास अभियानले स्पष्ट गति लिएको दाबी गर्दै भनेका छन्, ‘म यहाँबाट निर्वाचित भएको तीन वर्षमा समृद्ध नवलपरासीका लागि आवश्यक फाउन्डेसन तयार भएको छ। विकास अभियानलाई सबैले प्रत्यक्ष देख्न सक्ने अवस्थामा पुर्‍याइएको छ।’

उक्त अभियानलाई पूर्णता दिन अझै काम बाँकी रहेको उल्लेख गर्दै त्यसकै निरन्तरताका लागि आफूले नवलपरासी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएको चौधरीको भनाइ छ। उनले शुभेच्छा, साथ र सहयोगका लागि आम मतदाताप्रति आभार व्यक्त गरेका छन्।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ५ : १५ बजे

दुई अमेरिकी युद्धपोतले ‘स्ट्रेट अफ हर्मुज’बाट पार गरे

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी