चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो « Khabarhub

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको हिसाबले उपयुक्त देखिन्छ । फागुन १ गते शुक्रबार हो भने २ गते शनिबारको सार्वजनिक बिदा छ ।

अर्का साता २ गते आइतबार, ४–५ छोडेर ६–७ मा सार्वजनिक बिदा छ भने ८ गते छोडेर ९ गते शनिबार परेको छ । मेकरहरुका लागि एक सातामा ३ दिन सार्वजनिक बिदा उपभोग गर्न सकिने मौका छ ।

यही सार्वजनिक बिदाको लोभमा पाँच फिल्महरु ‘कल्ली’, ‘लालीबजार’, ‘शिवांश’, ‘बिगुल’ र ‘श्रीबुकुरो’ एक साथ प्रदर्शनमा आउने भएको छ ।

नायिका स्वस्तिमा खड्कालाई शीर्ष भूमिकामा रहेको ‘लालीबजार’ प्रदर्शन मिति फागुन १ लाई गत असारमै तोकिएको थियो । नायक सौगात मल्ल र नायिका बेनिशा हमाल शीर्ष भूमिकामा रहेको ‘कल्ली’को प्रदर्शन मिति गत जेठमा नै तोकिएको थियो ।

माघको पहिलो सातामा आइपुग्दा थप तीन फिल्मले फागुन १ लाई प्रदर्शन मिति तोकिएको हो ।

त्यस्तै, सुदीप भुपालको निर्देशनमा बन्नेको फिल्म ‘श्री बुकुरो’ले सोमबार प्रदर्शन मिति तय गरेको हो ।

दुई फिल्म फागुन १ मै थपिए

नायक प्रवीण खतिवडा शीर्ष भूमिकामा रहेको फिल्म ‘शिवांश’को कही साताअघि प्रदर्शन मिति तोकिएको हो । पहिला यस फिल्मको प्रदर्शन मिति कात्तिकलाई तोकिएको थियो ।

उक्त मितिमा यो फिल्म प्रदर्शनमा आउन सकेन । पुस अन्तिम साता यो फिल्मको नयाँ प्रदर्शन मिति सार्वजनिक भएको हो ।

त्यस्तै, अन्तिम समय आएर प्रदर्शन रोकिएको ‘बिगुल’को फागुन १ मै आउने भएको छ ।

पहिला यस फिल्मको प्रदर्शन मिति माघ ९ लाई तोकिएको थियो । माघ १ मा एक साथ प्रदर्शनमा आएका ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को व्यापार कमजोर देखिएपछि यो फिल्मको प्रदर्शन स्थगित भएको थियो ।

माघ २१ गते प्रतिनिधिसभा निर्वाचन तोकिएको छ । यो बेला चुनावी प्रचारले फिल्मको प्रचार ओझेलमा पर्ने जोखिम रहन्छ । जनताको ध्यान पनि निर्वाचन केन्द्रित नै रहन्छ । यो बेला एक साथ पाँच फिल्म प्रदर्शनमा आउन लागेका हुन् ।

पाँच फिल्म एक साथ प्रदर्शनमा आउँदा हलवालालाई शो बाँडफाँटमा पनि समस्या पर्ने देखिन्छ । यसको असर सबै फिल्मको व्यापारलाई पर्न सक्छ । कम शो पाउँदा कम व्यापार हुने तथ्य टार्न सकिँदैन ।

शो पाँच फिल्मलाई बाँडिने हुँदा सुरुवाती दिनको व्यापार सबैको कमजोर हुने जोखिम पनि उत्तिकै छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ७ : ०६ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा