चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो « Khabarhub

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको हिसाबले उपयुक्त देखिन्छ । फागुन १ गते शुक्रबार हो भने २ गते शनिबारको सार्वजनिक बिदा छ ।

अर्का साता २ गते आइतबार, ४–५ छोडेर ६–७ मा सार्वजनिक बिदा छ भने ८ गते छोडेर ९ गते शनिबार परेको छ । मेकरहरुका लागि एक सातामा ३ दिन सार्वजनिक बिदा उपभोग गर्न सकिने मौका छ ।

यही सार्वजनिक बिदाको लोभमा पाँच फिल्महरु ‘कल्ली’, ‘लालीबजार’, ‘शिवांश’, ‘बिगुल’ र ‘श्रीबुकुरो’ एक साथ प्रदर्शनमा आउने भएको छ ।

नायिका स्वस्तिमा खड्कालाई शीर्ष भूमिकामा रहेको ‘लालीबजार’ प्रदर्शन मिति फागुन १ लाई गत असारमै तोकिएको थियो । नायक सौगात मल्ल र नायिका बेनिशा हमाल शीर्ष भूमिकामा रहेको ‘कल्ली’को प्रदर्शन मिति गत जेठमा नै तोकिएको थियो ।

माघको पहिलो सातामा आइपुग्दा थप तीन फिल्मले फागुन १ लाई प्रदर्शन मिति तोकिएको हो ।

त्यस्तै, सुदीप भुपालको निर्देशनमा बन्नेको फिल्म ‘श्री बुकुरो’ले सोमबार प्रदर्शन मिति तय गरेको हो ।

दुई फिल्म फागुन १ मै थपिए

नायक प्रवीण खतिवडा शीर्ष भूमिकामा रहेको फिल्म ‘शिवांश’को कही साताअघि प्रदर्शन मिति तोकिएको हो । पहिला यस फिल्मको प्रदर्शन मिति कात्तिकलाई तोकिएको थियो ।

उक्त मितिमा यो फिल्म प्रदर्शनमा आउन सकेन । पुस अन्तिम साता यो फिल्मको नयाँ प्रदर्शन मिति सार्वजनिक भएको हो ।

त्यस्तै, अन्तिम समय आएर प्रदर्शन रोकिएको ‘बिगुल’को फागुन १ मै आउने भएको छ ।

पहिला यस फिल्मको प्रदर्शन मिति माघ ९ लाई तोकिएको थियो । माघ १ मा एक साथ प्रदर्शनमा आएका ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को व्यापार कमजोर देखिएपछि यो फिल्मको प्रदर्शन स्थगित भएको थियो ।

माघ २१ गते प्रतिनिधिसभा निर्वाचन तोकिएको छ । यो बेला चुनावी प्रचारले फिल्मको प्रचार ओझेलमा पर्ने जोखिम रहन्छ । जनताको ध्यान पनि निर्वाचन केन्द्रित नै रहन्छ । यो बेला एक साथ पाँच फिल्म प्रदर्शनमा आउन लागेका हुन् ।

पाँच फिल्म एक साथ प्रदर्शनमा आउँदा हलवालालाई शो बाँडफाँटमा पनि समस्या पर्ने देखिन्छ । यसको असर सबै फिल्मको व्यापारलाई पर्न सक्छ । कम शो पाउँदा कम व्यापार हुने तथ्य टार्न सकिँदैन ।

शो पाँच फिल्मलाई बाँडिने हुँदा सुरुवाती दिनको व्यापार सबैको कमजोर हुने जोखिम पनि उत्तिकै छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ७ : ०६ बजे

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित

जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति

बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौं– नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.

राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गरिने

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद