कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे « Khabarhub

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । सभापति गगनकुमार थापासहितले अन्तिम घडीमा सूची सार्वजनिक गरे । सूची सार्वजनिक भएपछि पूर्वसभापति शेरबहादुर देउवा पक्षले असन्तुष्टि पोखेको छ ।

मंगलबार खबरहबसँको कुराकानीमा देउवा पक्षनिकट एक स्रोतका अनुसार गगन पक्षले मतभारमै गिरावट आउने गरी उम्मेदवार चयन गरेको बताए ।

‘स्थानीयस्तरको प्रभाव नहेरी उम्मेदवार छानिएको छ । त्यसले पार्टीलाई गत चुनावमा प्राप्त गरेको २७ लाख मतभार बचाउन मुश्किल पर्ने कुराले चिन्तित छौं,’ उनले भने ।

यससँगै उनले विशेष महाधिवेशनबाट सभापति बनेका थापाले पार्टीको इतिहास रचेका नेतालाई चुनावी मैदानबाट बञ्चित गराएर अपमान गरेको गुनासो पोखे ।

‘कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाहेक सभापति शेरबहादुर देउवासहित, रमेश लेखक, प्रकाशमान सिंह लगायतलाई टिकटका लागि नाम पठाइएको थियो । तर उहाँहरुलाई बञ्चित गरेर लचिलो बनेकालाई मात्रै पठाइएको छ,’ उनले सुनाए ।

उम्मेदवार चुन्न नवनिर्वार्चित सभापति थापा, पूर्वसभापति शेरबहादुर देउवा र डा.शेखर कोइराला पक्षबीच सहमति भएको उनले भने ।

‘देउवा लाई ४०, थापापक्षलाई ४० र कोइराला पक्षको २० प्रतशित उम्मेदवार चुन्ने गरि सूची पठाएका थियौँ, तर त्यसो भएन’, उनले थपे, उनीहरूसँग लाचार बनेका र जित्न सक्नेबाहेकलाई सम्झौताअनुरुप उम्मेदवार छनोट नगरिँदा मत घट्ने चिन्ता बढेको छ ।

थापा पक्षसँग प्रत्यक्ष रुपमा हालसम्म कुनै वार्ता नभएको उनले बताए । भृकुटीमण्डपमा आयोजित दोस्रो विशेष महाअधिवेशनबारे बोल्दै उनले देउवा तयार हुँदा पनि पाखा लगाउने काम भएको बताए ।

विशेष अधिवेशनका क्रममा थापा पक्षले लगेका ८ वटै बुँदा मान्न सभापति तयार हुँदा पनि नमानिएको उनले बताए ।

‘थापा पक्षले उहाँको जीवनको अन्तिम निर्वाचनमा उठ्ने आंंकाक्षासमेत नमानेर राजनीतिक जीवनबाट अवकाश नै मागेपछि स्वतन्त्र अधिकार नपाउने अवस्था बनेकाले सहमति जुट्न सकेन’, उनले भने ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ७ : ५२ बजे

भोट फिर्ताबारे गृहमन्त्रीको जवाफ : आफ्नो क्षेत्रका मतदातासँग ‘जोक’ गरेको थिएँ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हालै गृहजिल्ला गोरखामा ‘भोट फिर्ता लैजानुस्’ भनेर

खाडी मुलुकलाई इरानको चेतावनी 

तेहरान- इरानले अमेरिकी सेनालाई सहयोग गर्ने वा आफ्नो भूभाग सैन्य गतिविधिका

तीन वर्षीया नाबालिकाको बलात्कारपछि हत्या, १६ वर्षीय किशोरले चकलेट दिएर फकाउँदै लगेका थिए

सिमरा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया नाबालिकाको जबरजस्ती करणीपछि

कन्सर्टका लागि भारतीय गायक नवजोत काठमाडौंमा

काठमाडौं – चर्चित भारतीय गायक नवजोत आहुजा कन्सर्टका लागि काठमाडौं

रास्वपा बैठकमा उठ्यो प्रश्न- ग्यासको आपूर्ति बढाउँदा पनि किन अभाव देखियो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सांसदहरुले वैशाख महिनामा बजारमा करिब २२ लाख