दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना « Khabarhub

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना नेता तथा कार्यकर्तामाथि सांघातिक आक्रमण गरेको आरोप लगाउँदै कडा भर्त्सना गरेको छ।

एमाले झापा क्षेत्र नम्बर–५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीका संयोजक नारायण प्रसाद गौतमले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा रास्वपाका कार्यकर्ताको व्यवहारले शान्तिपूर्ण र भयरहित निर्वाचन हुनेप्रति गम्भीर शंका उत्पन्न भएको उल्लेख गरिएको छ।

संघीय निर्वाचनका लागि उम्मेदवारी मनोनयन देशभर उल्लासमय रूपमा भइरहेको समयमा झापा क्षेत्र नम्बर–५ अन्तर्गत दमकमा रास्वपाका कार्यकर्ताले एमाले अध्यक्ष तथा सोही क्षेत्रका उम्मेदवार केपी शर्मा ओलीलाई उम्मेदवारी दर्ता गर्न नदिन नियतपूर्वक आक्रमण गरेको दाबी गरिएको छ।

उक्त आक्रमणमा एमालेका तीन जना नेता तथा कार्यकर्ता घाइते भएका छन्। साथै दुई जनाको सुनको सिक्रीसमेत लुटिएको विज्ञप्तिमा उल्लेख छ।

एमालेले जेनजी उपद्रवपछि लुटिएका हातहतियार अझै बाहिरै रहेको र आपराधिक पृष्ठभूमिका कैदीबन्दी खुला रहेको अवस्थालाई स्मरण गराउँदै भयरहित चुनावप्रति पहिलेदेखि नै शंका व्यक्त हुँदै आएको जनाएको छ। दमकको घटनाले त्यो शंकालाई थप पुष्टि गरेको दाबी गरिएको छ।

विज्ञप्तिमा एमाले जिम्मेवार दलका रूपमा संयमित ढंगले चुनावी गतिविधिमा सहभागी भइरहेको उल्लेख गर्दै पार्टीको संयमतालाई कमजोरीका रूपमा लिइए भविष्यमा उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवारी रास्वपा र सरकार स्वयं हुने चेतावनी दिइएको छ।

यसका साथै समाजमा अराजकता सिर्जना गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सरकारसँग माग गरिएको छ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ९ : १६ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा