काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट मनोनयन दर्ता भएको छ ।
निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार, देशभर ३४ सय ८४ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा ३९५ महिला, तीन हजार ८८ पुरुष र अन्य एक उमेदवार छन् ।
राजनीतिक दलको तर्फबाट दुई हजार २९७ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा २३५ महिला र दुई हजार ६४ छन् । त्यस्तै, एक हजार १८७ जनाले स्वतन्त्र उमेदवारी दिएका छन् ।













प्रतिक्रिया