कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३ वटा निर्वाचन क्षेत्रमा कुल ४९ जना उम्मेदवारी दर्ता गरेका छन्।
कास्कीको क्षेत्र नम्बर १ र २ मा १७/१७ र क्षेत्र नम्बर ३ मा १५ जनाले उम्मेदवारी पेश गरेका निर्वाचन अधिकृतको कार्यालय कास्कीले जानकारी दिएको छ।
निर्वाचन अधिकृतको कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार कास्की क्षेत्र नम्बर १ मा एकजना स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी विभिन्न दलबाट उम्मेदवारी दिएका हुन्।
क्षेत्र नम्बर २ मा ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिनेहरु सबैले राजनीतिक दलको प्रतिनिधित्व गरेका छन्।
क्षेत्र नम्बर १ मा उज्यालो नेपाल पार्टीको तर्फबाट मनिषा द्वा उम्मेदवार बन्दा नेपाल मजदुर किसान पार्टीकी अमिता अवाललाई उम्मेदवार बनाएको छ। क्षेत्र नम्बर ३ मा ३ महिला उम्मेदवार छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले विना गुरुङलाई उम्मेदवार बनाएको छ भने उज्यालो तीर्थ गुरुङले नेसनल रिपब्लिक पार्टी र मीना निन्सितुले मजदुर किसान पार्टीको प्रतिनिधित्व गरेकी छन्।













प्रतिक्रिया