३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै « Khabarhub

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३ वटा निर्वाचन क्षेत्रमा कुल ४९ जना उम्मेदवारी दर्ता गरेका छन्।

कास्कीको क्षेत्र नम्बर १ र २ मा १७/१७ र क्षेत्र नम्बर ३ मा १५ जनाले उम्मेदवारी पेश गरेका निर्वाचन अधिकृतको कार्यालय कास्कीले जानकारी दिएको छ।

निर्वाचन अधिकृतको कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार कास्की क्षेत्र नम्बर १ मा एकजना स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी विभिन्न दलबाट उम्मेदवारी दिएका हुन्।

क्षेत्र नम्बर २ मा ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिनेहरु सबैले राजनीतिक दलको प्रतिनिधित्व गरेका छन्।

क्षेत्र नम्बर १ मा उज्यालो नेपाल पार्टीको तर्फबाट मनिषा द्वा उम्मेदवार बन्दा नेपाल मजदुर किसान पार्टीकी अमिता अवाललाई उम्मेदवार बनाएको छ। क्षेत्र नम्बर ३ मा ३ महिला उम्मेदवार छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले विना गुरुङलाई उम्मेदवार बनाएको छ भने उज्यालो तीर्थ गुरुङले नेसनल रिपब्लिक पार्टी र मीना निन्सितुले मजदुर किसान पार्टीको प्रतिनिधित्व गरेकी छन्।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १० : ३९ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा