काठमाडौं- बेलायतमा बाल दुर्व्यवहार गर्ने पाकिस्तानी मूलका व्यक्ति आबद्ध गिरोहका गतिविधि बढ्न थालेको छ । हालै पश्चिमी लण्डनको होनस्लो क्षेत्रमा एक जना १५ वर्षीया शिख किशोरीलाई पाकिस्तानी मूलका संदिग्धले अपहरण गरी सामूहिक बलात्कार गरेका छन् ।
समाचारमा जनाइएअनुसार ती किशोरीलाई ३४ वर्षीय पुरुष बस्ने फ्ल्याटमा बन्धक बनाइ पटक–पटक दुर्व्यवहार गरिएको थियो । यस घटनामा ६ जनाको संलग्नता रहेको जनाइएको छ ।
यस घटना सार्वजनिक भएसँगै बेलायतमा आक्रोश पैदा भएको छ । किशोरी अपहरण र बलात्कारको घटनापछि स्थानीय शिख समुदायका मानिसहरुले आरोपीका घरअगाडी प्रदर्शन गरेका छन् । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप समेत भएको छ ।
बेलायतमा बालबालिकालाई यौन दुर्व्यवहार गर्ने घटनामा दशकौँदेखि पाकिस्तानी मूलका व्यक्तिहरुको संलग्नता रहेको सार्वजनिक हुँदै आएको छ । यस्तो गिरोहले ११ देखि १६ वर्ष उमेर समूहका किशोरीलाई यौन दुर्व्यवहार गर्दै आएका छन् ।













प्रतिक्रिया