काठमाडौं- तत्काल शिक्षा सुधारको माग गर्दै पाकिस्तानको सिन्ध प्रान्तमा प्राध्यापक र लेक्चररहरुले आन्दोलन थालेका छन् । सिन्ध प्रोफेसर एण्ड लेक्चरर एशोसिएशनले तत्काल पाँच तहको सुधार लागू गर्न माग राख्दै आन्दोलनको घोषणा गरेको हो ।
पत्रकार सम्मेलनको आयोजना गर्दै एशोसिएशनका केन्द्रीय अध्यक्ष प्राध्यापक मुनवर अब्बसले प्रान्तव्यापी आन्दोलनको घोषणा गरेका हुन् । शिक्षकहरुको माग पूरा गर्न दबाब दिने उद्देश्यले आन्दोलनको घोषणा गरिएको उनको भनाइ छ ।
आफूहरुको माग सम्बोधन नभए फेब्रुअरी महिनादेखि शिक्षालय बन्द गर्नेसम्मको कार्यक्रम राखिएको उनले बताए । उनले पाँच तहको सुधार कार्यक्रमका साथै बढुवा र सेवासम्बन्धी माग तत्काल सम्बोधन गर्न समेत सरकारलाई आग्रह गरे ।
पछिल्लो समय सरकारले बेवास्ता गर्दा सिन्धका कलेजको अवस्था खराब बन्दै गएको, कलेजमा फर्निचन र अन्य संरचनाको कमी रहेको र सरसफाइको अवस्था पनि कमजोर रहेको जनाइएको छ । त्यसबाहेक पाठ्यक्रममा सुधार हुन नसक्दा विद्यार्थीको योग्यता पनि कमजोर देखिएको छ ।













प्रतिक्रिया