रास्वपा नेता अशोक चौधरीले ‘घण्टीमा भोट नहाल्ने देश विरोधी’ भनेपछि… « Khabarhub

रास्वपा नेता अशोक चौधरीले ‘घण्टीमा भोट नहाल्ने देश विरोधी’ भनेपछि…


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रास्वपाका उम्मेदवारले ‘घण्टीमा भोट नहाल्ने देशविरोधी’ भएको बताएपछि इटहरीमा मतदाताले विरोध जनाएका छन्।

इटहरीमा जेसिसले आयोजना गरेको कार्यक्रममा रास्वपाका पूर्वसांसद तथा सुनसरी–३ का उम्मेदवार अशोक चौधरीले दिएको अभिव्यक्तिप्रति मतदाताले आपत्ति जनाएका हुन् ।

उनले कार्यक्रममा ‘घण्टीलाई भोट नहाल्ने मानिस देश विरोधी’ भएको अभिव्यक्ति दिएपछि विवाद भएको थियो । उनको अभिव्यक्ति सुनेपछि मतदाताले ‘घण्टी मुर्दावाद’ भन्दै नारा लाएका थिए । उनको अभिव्यक्तिपछि तनाव बढ्दा प्रहरीले चौधरीलाई सुरक्षा दिएर कार्यक्रमस्थलबाट बाहिर लानु परेको थियो ।

विघटित प्रतिनिधि सभामा उनी रास्वपकाको तर्फबाट समानुपातिक सांसद बनेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ६ : २५ बजे

रेकर्ड यात्रा सकेर घर फर्किए आर्टेमिस टोली

ह्युस्टन– मानव अन्तरिक्ष अन्वेषणको नयाँ अध्याय खोल्दै चन्द्रमाको परिक्रमा गरेर

युट्युबर पोख्रेल पक्राउमा जेन-जी मुभमेन्टको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं– युट्युबर रोशन पोख्रेल पक्राउको विषयलाई लिएर जेन-जी मुभमेन्ट नेपालले

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा