फिल्म ‘लालिमा’को दोस्रो पोस्टर सार्वजनिक, शीर्ष नायिका रोशनी एकल फिचर्ड « Khabarhub

फिल्म ‘लालिमा’को दोस्रो पोस्टर सार्वजनिक, शीर्ष नायिका रोशनी एकल फिचर्ड


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’को दोस्रो अफिसियल पोस्टर सार्वजनिक भएको छ ।

निर्माण पक्षले फिल्मकी शीर्ष नायिका रोशनी कार्कीलाई एकल फिचर्ड गरी शुक्रबार पोस्टर सार्वजनिक गरेको हो ।

रोशनी एकल फिचर्ड फस्ट लुक्स पोस्टरले दर्शकमा फिल्मप्रति कौतुहलता सिर्जना गरेकाले दोस्रो सार्वजनिक गरिएको फिल्मका निर्देशक तथा लेखक रोशन मिराजले बताए ।

दोस्रो पोस्टरमा समस्यामा जेलिएकी रोशनीलाई आत्माविश्वासी, सहनशील र शान्त देखाइएको छ । माथिल्लो शरीरमा कपडा नलगाएकी उनी झ्यालबाट कोठाभित्र छिरेको प्रकाशमा छिन् । पीडापछिको शान्त मुद्रामा उनलाई देख्न सकिन्छ । यो पोस्टरले पनि उनी यौनकर्मीको चरित्रमा रहेको संकेत गर्छ ।

पोस्टरबारे निर्देशक मिराज भन्छन्, ‘पहिलो पोस्टरले असहायता र रहस्यलाई केन्द्रमा राखेको थियो । नयाँ पोस्टरले शक्ति, आत्मविश्वास, सहनशीलता र परिवर्तनको संकेत दिन्छ। यस पोस्टरमा शीर्षक लेख्न रातो रङ प्रयोग भएको छ । पोस्टरमा नाटकीय सिनेम्याटिक प्रकाश देख्न सकिन्छ । यसले यो केवल डरको कथा मात्र होइन, जागरण र आत्मबलको कथा पनि हो सन्देश दिन्छ।’

यस फिल्मको नायक जीवन भट्टराई हुन् । उनीहरुसँगै फिल्ममा उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्ष भूमिकामा छन् ।

तीन हजार यौनकर्मीको अनुभव, संघर्ष र भोगाइमा आधारितमा रहेर यो फिल्म तयार भएको निर्माण पक्षको दाबी छ ।

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्।

अहिलेको अवस्थामा प्रतिनिधिसभा चुवानपछिको पहिलो प्रदर्शन मिति फागुन २९ मा हलमा लाग्ने ‘लालिमा’ एक मात्रै फिल्म हो ।

नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दै छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  २ : १४ बजे

गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल

साढे २ वर्षीय बालक हराएको दुई दिनपछि घना जंगलभित्र सकुशल भेटिए

गैँडाकोट– यहाँको गैंडाकोट नगरपालिका-१४, माथिल्लो भागरस्थित मामाघरबाट हराएका साढे दुई

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव