राजा वीरेन्द्रको शालिकमा रास्वपा कार्यकर्ताको अभद्र व्यवहार, राप्रपाले जनायो कडा आपत्ति « Khabarhub

राजा वीरेन्द्रको शालिकमा रास्वपा कार्यकर्ताको अभद्र व्यवहार, राप्रपाले जनायो कडा आपत्ति


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

बुटवल – राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशले दाङको तुलसीपुरस्थित वीरेन्द्र चोकमा बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले गरेको अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रदेश सचिव राजेन्द्र अधिकारीद्वारा शुक्रबार जारी विज्ञप्तिमा रास्वपा सभापति रवि लामिछानेको दाङ आगमनका क्रममा उनका कार्यकर्ताले राजा वीरेन्द्र शाहको शालिकमाथि चढेर गरेको व्यवहार अपमानजनक र अभद्र भएको उल्लेख छ। राप्रपाले रास्वपाका उक्त कार्यको भर्त्सना र खेद प्रकट गरेको छ।

राप्रपाले कसैको आस्थामा असर पर्ने अराजक गतिविधि सह्य नहुने जनाउँदै सम्बन्धित घटनाबारे रास्वपाले धारणा स्पष्ट पार्दै सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेको छ। साथै यस्ता घटना पुनः नदोहोरिने प्रतिबद्धता जनाउन पनि आग्रह गरिएको छ।

राप्रपाले निर्वाचनको सन्दर्भमा मतदाताले निर्धक्क मतदान गर्न सक्ने वातावरण निर्माण गर्नु सबै राजनीतिक दलको दायित्व भएको उल्लेख गर्दै स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन र अन्य दललाई असर पर्ने गतिविधि नगर्न आग्रह गरेको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ४ : १९ बजे

हर्कले भने- प्रधानमन्त्रीको लिखित जवाफ परराष्ट्रमन्त्रीले दिए मात्रै मान्नेछौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले

सदनको गतिरोध हटाउन विपक्षी दल सहमत

काठमाडौं– विपक्षी दलहरू सदनको गतिरोध हटाउन सहमत भएका छन् ।  

पोखरा महानगरले गर्‍यो सुकुम्वासी परिवारको जीवन बीमा

कास्की– पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुम्वासी तथा न्यून कमाइ भएकाका

भन्सार छलेका ४१ लाख रुपैयाँ बढीका सामान बरामद

लुम्बिनी– रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मंगलबार खानतलासी

लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– प्रहरीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६ जनालाई पक्राउ गरेको