धरहराको नयाँ संरचनामा पार्किङ व्यवस्थापन काठमाडौं महानगर गर्ने « Khabarhub

धरहराको नयाँ संरचनामा पार्किङ व्यवस्थापन काठमाडौं महानगर गर्ने


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारी साधन पार्किङ सञ्चालनको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने भएको छ ।  

काठमाडौंको सुन्धरास्थीत धरहरा क्षेत्रमा शुक्रबार बसेको नेपाल सरकार र काठमाडौं महानगरबीच भएको संयुक्त बैठकले धरहरा क्षेत्रमा निर्माण भएको संरचनाभित्र सवारी साधन पार्किङ सञ्चालनलाई थप प्रभावकारी बनाउने र यसका लागि महानगरले महानगर प्रहरी बललाई परिचालन गर्ने निर्णय गरेको हो । 

बैठकले धरहरा क्षेत्रको सञ्चालन गर्नको लागि तत्काल र दीर्घकालीन योजना, परियोजना सञ्चालन, प्रारूप सम्बन्धमा अध्ययन विश्लेषण गरी सुझावसहित पेश गर्न शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले तोकेका पदाधिकारीको संयुक्त समिति गठन गर्ने निर्णय गरेको छ भने धराहराको बाहिरी संरचनाका सम्बन्धमा आवश्यक र उपयुक्त कार्य गर्न काठमाडौँ महानगरलाई जिम्मा दिने निर्णय भएको काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।

उनले समग्र धरहरा सञ्चालनका लागि पूर्ण रुपमा महानगरलाई हस्तान्तरण गर्न आग्रह गरिएको बताइन् ।  

त्यस्तै शहरी विकास मन्त्री प्राडा कुमार इङ्नामले सुन्धाराको बाहिर स्वरूपको व्यवस्थापन काठमाडौं महानगरले गर्नेगरि सहमति भएको बताए ।

यसको सम्पूर्ण आर्थिक दायित्व महानगरले लिने उनले बताए । उनले पाकिङ र सुरक्षाको विषय महानगरले तत्कालै अघि बढाउने उल्लेख गरे ।

मन्त्री इङ्नामले महानगरको माग बमोजिम धरहराको पुरै व्यवस्थापन हस्तान्तरणका लागि समिति गठन गरिने र समितिले आवश्यक मोडालिटी तयार गर्ने जानकारी दिए । छलफलमा गृहमन्त्री ओम प्रकाश अर्याल लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ५ : ०१ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)