निखिल शीर्ष नायक रहेको फिल्म ‘पारस’मा सुशीलको इन्ट्री « Khabarhub

निखिल शीर्ष नायक रहेको फिल्म ‘पारस’मा सुशीलको इन्ट्री


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक निखिल उप्रेती शीर्ष भूमिकामा रहने फिल्म ‘परास’मा सुशील श्रेष्ठको प्रवेश भएको छ ।

सुशील अर्को शीर्ष भूमिकाका लागि अनुबन्ध भएको निर्माण पक्षले शुक्रबार सार्वजनिक गरेको हो ।

निर्देशक कृषा चौलागाईंले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘प्रभावशाली र आकर्षक श्री सुशील श्रेष्ठलाई हार्दिक स्वागत ।’

यसअघि नै फिल्ममा नायिका प्रियंका कार्की र निरुता सिंह अनुबन्ध भइसकेका छन् । यससँगै ‘पारस’मा कलाकारहरुको बलियो आइनअप तयार भएको छ ।

प्रेमकथामा आधारित यस फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन् ।

चुनाव लगत्तै फिल्मको छायाङ्कन सुरु हुने कृषाले बताइन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ७ : ५२ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा