कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा बागी उठ्नेहरूलाई कारबाही गर्ने « Khabarhub

कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा बागी उठ्नेहरूलाई कारबाही गर्ने


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

ललितपुर- नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्देवारविरुद्ध बागी उठ्नेहरूलाई कारबाही गर्ने भएको छ।

पार्टी केन्द्रीय अनुशासन समितिको शुक्रबार केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकमा कपिलवस्तु लगायत केही जिल्लामा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठेका व्यक्ति, प्रस्तावक–समर्थकलाई कारबाही गर्ने निर्णय गरेको हो ।

बैठकमा पार्टी अनुशासन विपरीत गतिविधिमा संलग्न सदस्यहरूबारेमा छलफल गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताएका छन् ।

बैठकले अनुशासन समितिको कार्यविधि–२०८२ पारित गर्ने निर्णय पनि गरेको उनले जनाएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ५ : ५४ बजे

अमेरिका-इरानलाई पाकिस्तानले भन्यो- दुवै पक्ष संयमित हुनुपर्छ

इस्लामावाद – पाकिस्तानका परराष्ट्रमन्त्रीले अमेरिका र इरानबीचको शान्ति वार्ता सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी